आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

दीपकको तिमीलाई नै विमोचित

2 years ago
12/04/2017

काठमाडौं / रास– नवोदित गायक दीपक राईले नयाँ गीतिसंग्रह ‘तिमीलाई नै’ श्रोतामाझ आएको छ । ‘भोजपुर आइडल’ भएपछि राईले पहिलो गीतिसंग्रह ल्याएका हुन् । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच यो गीतिसंग्रह विमोचन गरे । गायक प्रधानले दीपक राई गायनमा नयाँ भए पनि आम श्रोताका लागि उनको स्वरमा नयाँपन नपाइने बताए । सो संग्रहमा रहेको तिमीलाई नै… र तिमी त साथी… को भिडियो पनि सो कार्यक्रममा सार्वजनिक गरियो ।

तिमीलाई नै… गीतको भिडियोमा सुशील काफ्ले र सम्पदा बानियाँको अभिनय छ । यस गीतलाई सुशील आफैंले निर्देशन गरेका छन् । यस्तै, अर्को गीत तिमी त साथी…को भिडियोमा गायक दीपकसँगै बिना राई, अञ्जली माझी, मनिकुमार राईलगायतको अभिनय छ । यस गीतिसंग्रहमा पाँचवटा गीत छन् । गायक राईका अनुसार संग्रहमा आधुनिक, पप शैलीका गीत छन् । भी रेकर्डस्ले बजारमा ल्याएको यो संग्रहका सबै गीतको शब्द तथा संगीत पनि गायक राई कै हो । जसमा तिमीले बोलेको बात…, कहाँ मैले गल्ती… र रात… बोलका गीत पनि छन् ।

(Visited 1 times, 1 visits today)
Loading comments...