सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

नाटक हेरेपछि शौचालय बनाउने अठोट

2 years ago
12/04/2017

राजधानी समाचारदाता

काठमाडौं, २९ चैत

धनुषाको पुष्पलपुर, रघुनाथपुरलगायत विभिन्न गाउँका बासिन्दाहरू अझै सडकछेउ तथा खेतका आलीलगायतका खुला ठाउँमा दिसापिसा गर्छन्, जब यी ठाउँमा आइतबार र सोमबाट नाटक ‘परिवर्तन’ मञ्चन गरियो । घरमा शौचालय नभएका कारण महिलाहरूले दिनभर दिसा रोकेर कस्टकरसँग घरमा बस्नुपरेका दृष्य जब यी गाउँका बासिन्दाले हेरे, त्यसपछि गाउँलेहरू जसरी भए पनि शौचालय बनाउने निर्णयमा पुगेका छन् ।

२० हजार पर्ने मोबाइल बोक्ने गाउँलेहरूले १० हजार खर्च गरेर शौचालय बनाउन नसकेको कुरा पनि नाटकमा दर्शाइएको थियो । नाटक हेरेपछि गाउँलेलाई आफूप्रति व्यंग्य गरेको जस्तो लाग्यो । अन्ततः उनीहरूले जसरी भए पनि घरमा शौचालय बनाउने प्रतिबद्धता  जनाएका छन् ।नाट्यसमूह ‘लोकसञ्चार’ ले नाटकमार्फत सामाजिक परिवर्तन ल्याउन आफ्नो नाटक ‘परिवर्तन’ तराईमा मञ्चन गरेको हो । गत १७ फागुनबाट सिरहाको बडहरामालदेखि यस नाटकको मञ्चन थालिएको थियो । पहिलो दिन सिरहाको बडहरामाल र बस्तीपुरमा यो नाटक मञ्चन गरिएको थियो ।

यसपछि यस नाटक सिरहासहित चार जिल्लाका ४० ठाउँमा मञ्चनपछि मंगलबारबाट नाट्य यात्रा समापन गरिएको छ । धनुषाको गौरीपुरमा मंगलबार दिउँसो ४०औं प्रदर्शनी गरेपछि तराईमा परिवर्तन मञ्चनको पहिरो चरणको यात्रा सकिएको छ ।

नाटक मञ्चनको १३औं दिनमा मञ्चन यात्रा सकिएको हो । सिरहा बस्तीपुर, चोहर्वासहित १० ठाउँमा, सप्तरीको, कञ्चनपुर, बभनगामा कट्र्ट, डिघवासहित १० स्थानमा नाटक मञ्चन गरियो । यस्तै, धनुषाको गौरीपुर, पुष्पलपुर, रघुनाथपुर, सपही, सिनुरजोरा, इनरवालगायत १० ठाउँ, महोत्तरीको लोहारपट्टी, बगडा, बनौली, इकरहिया, बध्याबन चौरी, महोत्तरी गाउँसहित १० ठाउँमा मञ्चन गरिएको छ ।

नाटककी निर्देशक प्रियंका झाका अनुसार दैनिक तीनदेखि चार ठाउँसम्म यो नाटक मञ्चन गरियो । नाटक मञ्चनपछि दर्शकले अब शौचालय बनाउने प्रतिबद्धता जनाउँदै एक साताअघि मञ्चन भएको सिरहा र सप्तरी केही गाउँमा त शौचालय निर्माणसमेत गरिएको झाले बताइन् । झासँगै यस नाटकलाई जीवन बरालले संयुक्त निर्देशन गरेका हुन् ।

४५ मिनटको यो नाटक हेरेपछि स्थानीय बासिन्दाहरूले अब घरवरपर चर्पी बनाउने, सरसफाइमा ध्यान दिनेजस्ता कुरामा आफूहरू विश्वस्त रहेको निर्देशक प्रियंका झाले बताइन् । उनका अनुसार नाटक मञ्चन गरिएका हरेक ठाउँमा दर्शकको उपस्थित भीडभाडपूर्ण नै रह्यो । नाटकलाई सबैले मन पराएको पनि निर्देशक झाले जानकारी गराइन् ।यस नाटकमा निर्देशक प्रियंका झासँगै गंगाकान्त झा, अनितारानी मण्डल, रीना रिमाल, राजेश सक्सेना, निलेश झा, सोनु ठाकुर, मुकेश झा, ललित झालगायतको अभिनय छ ।

यस नाटकलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य रमेशरञ्जन झाले लेखेका हुन् । सफा खानेपानी र सफसफाइ अभियानअन्तर्गत यस सन्देशमूलक नाटक मञ्चन गरिएको यसका लेखक झाले जानकारी गराए ।

‘मूलतः यी चार जिल्लाका ग्रामीण भेकमा अहिले पनि सडकछेउ तथा खेतमा खुला रूपमा दिसा पिसाब गर्ने प्रचलन छ । घरमा चर्पी नभएका कारण नारीहरूले दिनभर दिसा रोकेर बस्नुपर्ने बाध्यता छ ।’ यस कारण पनि नाटक मञ्चन गरिएको उनले बताए ।

नाटककार झाले अगाडि थपे, ‘साँझमा खुला ठाउँमा दिसा गर्दा सर्प, बिच्छीको टोकाइबाट ज्यान जाने, फटाहा पुरुषबाट बलात्कृत हुने जस्ता विभिन्न समस्या पनि रहेको छ । खुला दिसाका कारण पानीको मुहान फोहोर हुने र पानीसम्बन्धी विभिन्न रोग लाग्ने भएकाले ती ग्रामीण क्षेत्रलाई खुला दिसामुक्त बनाउँदै सरसफाइको चेतना जगाउन हामीले तराईका गाउँमा नाटक पु¥याएका हौं ।’ आफूहरूले गाउँगाउँमा गरेको नाटक मञ्चन अभियानले ती ठाउँका बासिन्दामा परिवर्तन ल्याएको पनि उनले बताए ।

(Visited 1 times, 1 visits today)
Loading comments...