आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

सेरोगेसीभन्दा धर्म सन्तानको पक्षमा रविना

2 years ago
12/04/2017

मुम्बई / एजेन्सी– धनाढ्यहरूले गरिब महिलाको कोख भाडामा लिएर सन्तान जन्माउने र आफ्नो बनाउने सेरोगेसी प्रचलनको अभिनेत्री रविना टण्डनले विरोध जनाएकी छन् । महिलाको कोख भाडामा लिएर सन्तान जन्माउनुभन्दा आफ्ना माता–पिता गुमाएका धेरै बालबालिका समाजमा भएकाले उनीहरूलाई धर्म सन्तानका रूपमा अपनाउनु उपयुक्त हुने रविनाको भनाइ छ ।

आफ्नो नयाँ फिल्म मातृको प्रचारको क्रममा अभिनेत्री रविनाले सेरोगेसीको विरोध गर्दै धर्म सन्तान पाल्न सुझाव दिएकी छन् । तीन सन्तानकी आमा रविनाले अहिलेका युवा दम्पतीहरू विवाह गरेर सन्तान जन्माउनुको सट्टा गरिब महिलालाई खोजेर कोख भाडामा लिएर सन्तान जन्माउने लहडमा लागेको बताइन् ।

आफ्नो रिलिज हुन लागेको नयाँ फिल्मले पनि यस्तै विषयवस्तुलाई महŒवका साथ उठाएको पनि उनले खुलासा गरिन् । छोरी बलात्कृत हुँदा आमासहित परिवारलाई कस्तो असर पर्छ र त्यसविरुद्धको संघर्ष कसरी गर्ने भन्ने कथा उनले यस फिल्ममार्फत देखाउने छिन् ।फिल्म मातृमा उनले बलात्कृत छोरीकी आमाको भूमिका निर्वाह गरेकी छन् । फिल्म मातृको ट्रेलर अहिले चर्चामा छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...