सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

पुस्तकमा आयो बुद्ध वचन

2 years ago
13/04/2017

काठमाडौं / रास– उपराष्ट्रपति नन्दबहादुर पुनले तेमाल जात्राको अवसर पारी राजधानीमा बौद्ध दर्शनसम्बन्धी पुस्तक ‘बुद्धको अमृतमय वचन सार’ लोकार्पण गरेका छन् ।

उपराष्ट्रपति पुनःले वर्तमान समयमा यो पुस्तक सान्दर्भिक रहेको भनाइ राख्दै बुद्ध दर्शनले मुलुकलाई शान्ति, सद्भाव र समृद्धितिर अघि बढ्न सघाउने बताए । सम्पूर्णकुमार लामा र थुप्तेन काल्साङले यो पुस्तक लेखेका हुन् । बौद्ध दर्शन र संस्कृतिसम्बन्धी पुस्तक लेख्दै आएका लामा र काल्साङले विभिन्न समयमा बुद्धले दिएको प्रवचनहरू संकलन गरी पुस्तकमा समेटर पाठकमाझ ल्याएका हुन् ।

आफूहरूले विभिन्न भाषामा प्रकाशित थुप्रै सन्दर्भ सामग्रीहरूको संकलन र विवेचनासहित तयार पारिएको लेखक लामाले बताए । पुस्तकमाथि प्रकाश पार्दै अर्का लेखक काल्साङले बुद्धवाणीहरू सरल रूपमा जनमानसमा पु¥याउन पुस्तक तयार पारिएको जनाए ।

पुस्तकमा ‘तथागत गर्व’, ‘दुर्लभ मनुष्य शरीर’, ‘कल्याण मित्र सेवन’, ‘अनित्य जीवन’, ‘संसारको दुःख’, ‘पा“च मार्गको परिचय’ देखि चैत्य निर्माण, पूजा विधिलगायतको सन्दर्भ समेटिएको छ । पुस्तकलाई बौद्धनाथ क्षेत्र विकास समितिले प्रकाशन गरेको यो पुस्तक २ सय १३ पृष्ठको रहेको छ ।

(Visited 4 times, 1 visits today)
Loading comments...