आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

गौरी मल्ल र आलोकश्री सम्मानित

2 years ago
13/04/2017

काठमाडौं / रास– अभिनयबाट चलचित्र क्षेत्रमा योगदान पु¥याएको भन्दै अभिनेत्री गौरी मल्ल र संगीतमा योगदान पु¥याएको ठहर गर्दै संगीतकार आलोकश्री सम्मानित भएका छन् ।

अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आर्टिस्ट नेपाल नेटवर्कका तर्फबाट यी दुई कलाकारलाई  ‘आर्टिस्ट नेपाल कला सम्मान–२०७३’ बाट सम्मानित गरे ।

आर्टिस्ट नेपाल नेटवर्कद्वारा प्रकाशित अंग्रेजी भाषाको मासिक पत्रिका ‘आर्टिस्ट’ को पनि मह जोडीले सो कार्यक्रममा विमोचन गरे । कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले प्रिन्ट मिडिया निकै सशक्त हुने र यसको महŒव सधंंै उच्च रहने बताए । प्रिन्ट मिडियाले नै आफूहरूलाई सुरुका दिनमा कलाकारका रूपमा चिनाएको पनि उनले चर्चा गरे । अंग्रेजी मासिक पत्रिका आर्टिस्टको मुख्य पृष्ठमा आफू र हरिवंशको तस्बिर छापिएकोमा उनले खुसी व्यक्त गरे ।

अर्का कलाकार हरिवंश आचार्यले २०३० सालतिर पहिलोपटक  ‘गोरखापत्र’ मा मदनकृष्णसँग आफ्नो समाचार छापिँदा खुसीले रातभर निद्रा नलागेको स्मरण सुनाए । चलचित्रसम्बन्धी अंग्रेजी भाषाको पत्रिका नभएको अवस्थामा आर्टिस्ट म्यागेजिनले सो आवश्यकता पूर्ति गर्ने विश्वास उनले व्यक्त गरे । सम्मानित अभिनेत्री गौरी मल्लसँग आफूले काम गर्दाका अनुभव पनि उनले सुनाए ।

कार्यक्रममा अभिनेत्री गौरी र संगीतकार आलोकले यो सम्मानले आफूहरूलाई कलामा लग्न अझ प्रेरित गर्ने भनाइ राखे । सो पत्रिका प्रकाशन संस्था आर्टिस्ट नेपाल नेटवर्कका अध्यक्ष विनोद केसीले पत्रिका प्रकाशनको उद्देश्यबारे कार्यक्रममा प्रकाश पारे ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, कलाकार सन्तोष पन्तलगायतले पत्रिकाको सफलताको कामना गरे ।

(Visited 13 times, 1 visits today)
Loading comments...