सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

कराँतेको रेफ्री सेमिनार

3 years ago
18/08/2016

काठमाडौं-रास

karate-971341_960_720नेपाल कराँते महासंघको आयोजनामा चारदिने राष्ट्रिय रेफ्री सेमिनार तथा इग्जामिनेसन र प्रशिक्षक एग्रिडेसन कोर्ष २०७३ भाद्र ७ गतेदेखि सञ्चालन हुने भएको छ । वल्र्ड कराँते फेडरेसन, एसियन कराँते फेडरेसन तथा दक्षिण एसियाली कराँते फेडरेसनको नीति नियमबमोजिम कराँते खेललाई पारदर्शी एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको रेफ्री कमिसनका अध्यक्ष प्रकाश धौवडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक खेलमा कराँते खेल समावेश भएको र नेपालमा आयोजना हुने १३औं सागमा कराँते खेल समावेश हुने प्रवल सम्भावना रहेकाले सो सेमिनार गरिएको बताइएको छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...