मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

खेलाडी छानिए

3 years ago
18/08/2016

काठमाडौं-रास

karate-976111_960_720बुल्गेरियाको बरगास सिटीमा आयोजना हुने २४औं सोतोकान कराँते वल्र्ड च्याम्पियनसिपमा सहभागिताका लागि नेपाल सोतोकान कराँते संघ (एसकेडीयूएन) ले खेलाडी छनोट गरेको छ । संघका प्रमुख प्रशिक्षक एवं महासचिव धिर्जेमान तामाङ र वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितिमा भएको छनोट प्रतियोगिताबाट ४० केजीमा आदर्शविक्रम थापा, ५० केजीमा यमबहादुर तामाङ, ५५ केजीमा सुमन वाईवा, ६० केजीमा निरज महर्जन, ७० केजीमा रोशन मगर र महिला ५५ केजीमा गीता सुनुवार छनोट भएका छन् । यस्तै, टिम प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठलाई चयन गरिएको संघका सचिव एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङले जानकारी गराएका छन् ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...