सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

जिमन्यास्टिक्स प्रतियोगिता हुने

3 years ago
18/08/2016

काठमाडौं-रास

yoga-304634_960_720उपत्यकाव्यापी प्रथम पुस्पलाल स्मृति अन्तरविद्यालय जिमन्यास्टिक्स प्रतियोगिता हुने भएको छ । आयोजक मदन भण्डारी स्पोटर््स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा सो जानकारी गराए । लुम्बिनी च्याम्पियनसिपदेखि नभएको जिमन्यास्टिक प्रतियोगितालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ३८औं पुस्पलाल स्मृति दिवसको अवसरमा भदौ ४ गते सञ्चालन गर्ने भएको छ ।

जिमन्यास्टिक खेलको विकास, विस्तार, खेलाडीको दक्षताको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठ बताए । दुईदिने प्रतियोगितामा उपत्यकाका १८ सामुदायिक विद्यालय गरी ५० स्कुलले सहभागिता जनाउने एकेडेमीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...