सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

प्राइमको रोमाञ्चक जित

3 years ago
18/08/2016

काठमाडौं-रास

प्राइम कलेजले चौथो जेभियर इन्टरनेसनल अन्तर कलेज यू–१९ बास्केटबल प्रतियोगिमा बुधबार रोमाञ्चक जित निकालेको छ ।

03कालोपुुलस्थित आयोजक जेभियर इन्टरनेसनल कलेजको कोर्टमा भएको पुरुषतर्फको उद्घाटन खेलमा प्राइमले आयोजक जेभियरको ‘ए’ टिमलाई ४६–५१ अंकले पछि पार्यो ।

निर्धारित ४ क्वार्टरको खेल ३९–३९ को बराबरीमा सकिएपछि थप गरिएको ४ मिनेटको समयलाई सदुपयोग गर्दै प्राइमले बाजी मारेको हो । प्राइमको जितमा दोर्ज लामाले १२ स्कोर गरे । पुरुषतर्फको अन्य खेलमा रिलायन्स र हिमालयनले सफलता हात पारे । रिलायन्सले आयोजक जेभियरको ‘बी’ टिमलाई ३७–३१ अंकले पछि पार्दा हिमालयनले ज्ञाननिकेतनलाई ६१–२६ अंकको फराकिलो अन्तरले हरायो ।

रिलायन्सको जितमा सुदिप मगरले १० स्कोर गर्दा हिमालयनका सुमंग बोगटीले २२ स्कोर गरे । त्यस्तै, महिलातर्फको खेलमा आयोजक जेभियरले एनसीसीएसमाथि ४३–१८ को सहज जित निकालेको छ । जेभियरको जितमा कर्म छुदिङ शेर्पाले सर्वाधिक १३ स्कोर गरिन् ।

(Visited 2 times, 1 visits today)
Loading comments...