मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

चाँदनीलाई ‘डी राजा नोसन तारा एम्बेसडर अवार्ड’सम्मान

3 years ago
18/08/2016

काठमाडौ-रास

medal-34109_960_720‘मिस वल्र्ड नेपाल १९९७’ की सेकेन्ड रनर अफ विजेता चाँदनी श्रेष्ठ इन्डोनेसियाका राजाद्वारा सम्मानित भएकी छन् । फेसन र व्यवसाय र समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई त्यहाँका राजाले ‘डी राजा नोसनतारा एम्बेसडर अवार्ड’सम्मान प्रदान गरेका हुन् । सम्मान समारोहमा उनले सक्सेसफुल विजनेस लेडी अवार्डसमेत प्राप्त गरेकी छन् ।

सन् १९९९ मा फेमिना बुटिकबाट फेसन व्यवसाय सुरु गरेकी श्रेष्ठले २००५ मा दि राइमन्ड सप सञ्चालमा ल्याइन् ।  त्यसपछि केही व्यवसाय गरेकी उनले २०१६ मा उनले फेरि अर्काे ब्यवसाय राइमण्ड होम सञ्चालमा ल्याएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विजनेस अवार्ड २०१६ ’बाट सम्मानित भएकी श्रेष्ठले यसै वर्ष नव नारी म्यागजिनले प्रदान गर्ने ‘वुमन अफ द इयर २०१६’ समेत प्राप्त गरेकी छन् ।

(Visited 11 times, 1 visits today)
Loading comments...