सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बिहीबारवाट पाँचौं बृहत् पुस्तक प्रदर्शनी हुने

3 years ago
18/08/2016

राजधानी समाचारदाता

काठमाडौं, १ भदौ | ‘प्रेरणाका लागि पुस्तक’ भन्ने नाराका साथ डिकुरा पब्लिकेसनको आयोजनामा  बिहिबारदेखि ११ भदौसम्म भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ‘पाँचौं बृहत् पुस्तक प्रदर्शनी’को आयोजना हुने भएको छ ।

books-1316306_960_720यस पुस्तक प्रदर्शनीमा दैनिकजसो पुस्तक विमोचन तथा साहित्यकारसँग साक्षात्कार कार्यक्रमहरु हुनेछन् । यस प्रदर्शनीमा १ लाख अवलोकनकर्ताहरु भित्याउने लक्ष्य रहेको छ भने १ सयभन्दा बढी प्रकाशकका हजारौं पुस्तकहरु सामेल हुनेछन् । अंग्रेजी र नेपाली भाषाका पुस्तकका साथै सबै किसिमका पाठकका लागि उपयोगी पुस्तक प्रदर्शनीमा रहनेछन् । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने मूल नारा बोकेको यस बृहत् पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने छन् भने अंग्रेजी भाषाका पुस्तकमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

यस प्रदर्शनीको उद्देश्य, ठीक समयमा पढिएको पुस्तक ठूलो प्रेरणा हुन सक्ने भएकाले हरेक नेपालीमा पुस्तक संस्कृतिको विकास र विस्तार गर्न पहल गर्ने रहेको छ ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...