मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

‘मिस लिम्बू इन्टरनेसनल’ मा २७ को प्रतिस्पर्धा

3 years ago
18/08/2016

 

काठमाडौ-रास

miss-limbu-2016मिस लिम्बू इन्टरनेसनल–२०१६’ का लागि अडिसनबाट १० जना युवती छनोट भएका छन् । बुधबार रातोपुलस्थित युनाइटेट फिटनेस सेन्टरमा लिइएको अडिसनका सहभागी दुई दर्जनमध्येबाट १० जनालाई छनोट गरिएको हो । यसअघि पूर्वाञ्चल अडिसनबाट १७ जना युवती छनोट भएका छन् । यससँगै मिस लिम्बू इन्टरनेसनल–२०१६’ को फाइनलमा २७ युवतीको कडा प्रतिस्पर्धा हुने भएको छ ।

राजधानीमा आयोजित अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, सञ्चारकर्मी विश्व लिम्बू, फेसन डिजाइनर युबि थापा, समाजसेवी कृष्णा सुब्बा, गायक दीपक लिम्बू, मोडल अमिर गजमेर र मिस लिम्बूको अघिल्लो सिजनकी फस्ट रनरअप मेरिना चेम्जोङ निर्णायक थिए ।

याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित मिस लिम्बू इन्टरनेशनल’ को यो चौथो संस्करण हो । यस संस्करणका लागि राजधानीबाट सुक्मित केरुङ, मोती कन्दवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्वाङ, भावना सावा, रोश्ना नेम्वाङ, पवित्रा तुम्सा र आशिका खापुङ छनोट भएका छन् ।

त्यस्तै, यसअघि धरानबाट सेयरा आन्खेवा, अञ्जिता नेम्वाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङफे र आशिका आङबुहाङ छनोट भएका छन् । त्यस्तै नम्रता लाबुङ, जुनू पोमो, सलुना वनेम, भूमिका माङदेन, शोभा फेम्बू, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङबाङ, श्रेया थेगिम, विना सामेखाम र निशी मेन्याङ्बो छनोटमा परेका छन् ।

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बू इन्टरनेसनल’ मा शीर्ष विजेता हुनेलाई ताजसहित नगद ५० र १ लाखबराबरको गिफ्टह्याम्पर पाउने आयोजकले जनाएको छ । त्यस्तै, फस्ट रनरअपले ताजसहित नगद २५ हजार र ५० हजारबराबरको गिफ्टह्याम्पर तथा सेकेन्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजारबराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

राजधानीमा अडिसनपछि आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो १२ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगीलाई तयारीका लागि भदौ ८ गतेबाट गु्रमिङ सुरु हुने कार्यक्रमका संयोजक युगल पोमूले बताए । उनका अनुसार प्रतियोगीलाई कोरियोग्राफर जयन सुब्बालगायतका विशिष्ट व्यक्तित्वबाट गु्रमिङ गराइनेछ । लिम्बू भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन एवं लिम्बू समुदायका युवतीमा लुकेको प्रतिभालाई जनमानससमक्ष प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता भएकाले प्रतियोगीलाई सम्बन्धित क्षेत्रका विज्ञबाट पनि प्रशिक्षण दिइनेछ ।

 

(Visited 8 times, 1 visits today)
Loading comments...