मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

माफी मागेर छुटे गायक अनिल सिंह

3 years ago
18/08/2016

राजधानी समाचारदाता

काठमाडौं, १ भदौ | मादकपदार्थ सेवन गरी घरमै आफन्तहरुसँग झगडा गरेपछि गायक अनिल सिंह पक्राउ परेका छन् । गायक सिंहलाई मंगलबार राति १० बजे डिल्लीबजारबाट पक्राउ गरी महानगरीय वृत्त कमलपोखरी लगिएको थियो । अत्यधिक मादकपदार्थ सेवन गरेर घरमा झगडा गरेको खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

anilमहानगरिय प्रहरी वृत्त, कमलपोखरीको प्रहरी टोलीले उनलाई डिल्लीबजार घरअगाडि होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा बेलुकी १० बजे पक्राउ गरेको वृत्तका प्रहरी सहायक निरीक्षक (असई) राजेन्द्र कुमालले जानकारी दिए । उनलाई मंगलबार रातभर कमलपोखरी वृत्तले नियन्त्रणमा लिएको थियो ।

बुधबार बिहान गायक सिंहको परिवारका सदस्य आएपछि आइन्दा यसो गर्दिनँ भनेर माफी मागेपछि मात्रै छाडिएको थियो । ‘बिहान आठबजे परिवारका सदस्यहरु आए त्यसपछि माफी मगाएर छाडिदियौ,’ वृत्तका प्रमुख डीएसपी माधव थापाले जानकारी दिए । परिवारका सदस्यहरु बसेर रमाइलो  गरिरहेको अवस्थामा उनी झगडामा उत्रिएका थिए ।

‘अचानक निहुँ खोजेर झगडा सुरु गरेपछि हामीले थेग्न सकेनौं त्यही भएर प्रहरीको जिम्मा लगाएका हौं,’ प्रहरी वृत्त कमलपोखरीमा उनका आफन्तले भने ।

(Visited 9 times, 1 visits today)
Loading comments...