सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

अन्नपूर्ण हल पुनः सञ्चालनमा

3 years ago
19/08/2016

लमजुङ-रास

film-161952_960_720लमजुङ सदुमुकाम बेंसीसहर नपा–९ स्थित अन्नपूर्ण चलचित्र मन्दिर पुन सञ्चालनमा आएको छ । सो हलको प्रदर्शन उपकरण बिग्रिएपछि सोमबारबाट बन्द भएको थियो । सम्बन्धित उपकरण निर्माण गरेर बिहीबारबाट हल सञ्चालनमा आएको सञ्चालक कृष्णजंग गुरुङले बताए ।

उनले भने ‘हलमा फिल्म नचल्दा लाखौंको व्यापारघाटा मात्र भएन चलचित्र हेरेर मनोरञ्जन गर्ने चलचित्र दर्शकलाई समेत निराश बनायो । लमजुङमा मनोरञ्जन गर्ने ठाउँ कमै स्थान भएकाले फिल्म हेरेर मनोरञ्जन लिने गर्छन् ।’ त्यसैले फिल्म नचल्दा पनि लमजुङेहरू निराश बनाएको उनले बताए । अन्नपूर्ण हलमा विराज भट्ट, निशा अधिकारी, रोबिन तामाङ अभिनित चलचित्र जय परशुराम प्रदर्शन भइरहेको छ ।

 

 

(Visited 2 times, 1 visits today)
Loading comments...