सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

सीमाको कविताकृति सार्वजनिक

3 years ago
19/08/2016

काठमाडौं-रास

कवि तथा आख्यानकार सीमा आभासको कविताकृति ‘म स्त्री अर्थात् आइमाई’ बिहीबार राजधानीमा एक समारोहबीच नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइँला, साहित्यकार, प्रा. डा. अभि सुवेदी र कवि ज्योति जंगलले संयुक्त रूपमा विमोचन गरे ।

Seemaa-Photaaयसअघि नै साँझको संघारबाट २०६३ कविताकृति र टापुका स्वरहरू, २०६६ कथाकृति प्रकाशन गरिसकेकी आभासको यो तेस्रो कृति हो । आभासको यस कविताकृतिमा ३८ ओटा कविता संगृहीत छन् । सीमाको सिर्जनायात्रालाई प्राज्ञ वैरागी काइँला र प्रा. डा. अभि सुवेदीले शुभकामना दिए ।

विराटनगरमा रहेर साहित्य सिर्जना तथा सञ्चारकर्ममा क्रियाशील सीमाको कवितालेखन र विमोचित कृतिका बारेमा बोल्दै कवि ज्योति जंगलले सीमाका कवितामा विद्रोह र अस्तित्वको खोजी पाइने बताइन् । जंगलले सीमाका कविताले सभ्यता र प्रचलित संस्कृति र संस्कारमा नै परिवर्तनको उद्घोष गरेको उल्लेख गरिन् । एउटी समाज सचेत तथा राजनीतिक चेतनाले युक्त सर्जक हुनुको प्रतिबिम्ब सीमाका कवितामा देखिने जंगलको भनाइ थियो ।

(Visited 8 times, 1 visits today)
Loading comments...