बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

रमेशको ‘ऐश्वर्य’मा दीपिका

3 years ago
19/08/2016

काठमाडौं-रास

_94A0407अभिनेता रमेश उप्रेतीले आफ्नो चलचित्र ‘ऐश्वर्य’का लागि मोडल दीपिका प्रसार्इंलाई चयन गरेका छन् । आफ्नो अभिनेत्रीका रूपमा उनलाई चयन गरेको उप्रेतीले बताएका छन् ।

भदौको अन्तिम साताबाट छायांकन गर्ने भनिएको यो चलचित्रको दिवाकर भट्टराईले निर्देशन गर्नेछन्् । निर्देशक भट्टराईले दीपिका सो चलचित्रका लागि अडिसनबाट आएको बताए । २२ वर्षीया दीपिकाले फिल्मभित्र सुपर मोडलका रूपमा अभिनय गर्ने पनि उनले बताए । फिल्मलाई दिवाकर स्वयंले लेखेका हुन् ।

यस चलचित्रको निर्मातामा रमेश उप्रेतीसँगै अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि रहनेछन् । फिल्ममा प्रशान्त ताम्रकार र केकी अधिकारी यसअघि नै चयन भएको पनि अभिनेता उप्रेतीले बताए । चलचित्रमा राजेश श्रेष्ठको छायांकन र अर्जुन पोखरेलको संगीत रहनेछ  ।

(Visited 4 times, 1 visits today)
Loading comments...