आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

मंगोलियामा अभ्यास गर्दै थ्री–स्टार

3 years ago
19/08/2016

नवीन लुईटेल-राजधानी

उलानबटार, २ भदौ | नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री–स्टार क्लब एएफसी कपको प्लेअफ छनोट खेलका लागि यतिबेला मंगोलियामा रहेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । लगातारको यात्राका कारण थकाइले गर्दा बुधबार दिउँसो कुनै अभ्यास नभए पनि बिहीबारबाट अभ्यास सुरु भएको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिए ।

1-st-day-in-practice-gथ्री–स्टारको टोलीले मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा अम्यास गरेको छ । ‘हामीले ग्राउन्ड फिलिङका लागि हल्का अभ्यास गराएका हौं,’ प्रशिक्षक रवीन्द्र सिलाकारले भने, ‘नेपालको भन्दा मौसम फरक खाले भएकाले दौडिँदै जाँदा छाती गरुंगोजस्तो, श्वासमा समस्या आएजस्तो हुँदो रहेछ ।’

आउने ५ भदौबाट राजधानी उलनबटारमा हुने एएफसी कपको प्लेअफ छनोटमा खेल्नका लागि थ्री–स्टारको टोलीमा १९ जना खेलाडी, एकजना टिम म्यानेजर, दुईजना प्रशिक्षक, एक फिजियो र सातजना अफिसियलसहितको ३१ सदस्यीय टोली मंगोलिया पुगेको हो ।

ललितपुरको रैथाने क्लब थ्री–स्टारले यस प्रतियोगिताको प्रारम्भिक छनोटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागाबोल्र्ड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एर्चिम थ्री–स्टारका लागि नौलो प्रतिद्वन्द्वी होइन, यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ । नागाबल्र्ड भने नौलो प्रतिद्वन्द्वी हो । एर्चिम मंगोलियन राष्ट्रिय लिग च्याम्पियन हो । यस्तै, कम्बोडियन नागाबल्र्ड क्लबले त्यहाँको लिग च्याम्पियन क्लब म्याच फिक्सिङमा परेपछि दोस्रो स्थानमा रहेको क्लबले मौका पाएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने यस रुस्लान थ्री–स्टार क्लब नै पहिलो टोली हो । छनोट प्रतियोगितामा थ्री–स्टार क्लब समूह ‘बी’ मा परेको छ । थ्री–स्टारले ५ भदौमा आयोजक एर्चिमको सामना गर्नेछ । यसैैगरी, एक दिनको विश्रामपछि ७ भदौमा भने थ्री–स्टारले नागाबोर्ल्डसँग खेल्नेछ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ । तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।

गएको साल भूकम्प र नाकाबन्दीका कारण राष्ट्रिय लिग भएको थिएन । थ्री–स्टार २०७१ सालको राष्ट्रिय लिग विजेताको हैसियतमा मंगोलिया पुगेको हो । एसियाली फुटबल महासंघ एएफसीले प्रेसिडेन्ट कप हटाएपछि नेपाली क्लबका लागि अर्को मौका एएफसी कप हुन पुगेको छ । विगतमा एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा दुईपटक प्रवेश गरिसकेको थ्री–स्टार क्लब नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने पहिलो टोली हो ।

खेलाडीहरू एएफसी कप छनोट खेल्ने थ्री–स्टारका खेलाडीमा, एलेन न्यौपाने, विनय श्रेष्ठ र अविशेक बराल गोलरक्षकमा छन् । यसैगरी, रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डरमा छन् । त्यसैगरी, विक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिमजंग कार्की, रोशन मल्ल र मार्टिन्स कायोडे अजायी रहेका छन् ।

 

(Visited 4 times, 1 visits today)
Loading comments...