आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

अन्तरविद्यालय बास्केटबल हुने

3 years ago
19/08/2016

काठमाडौँ-रास

पाचौं टेन्डा एआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी(एआईए) का प्रिन्सिपल विष्णुप्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

3-(1)खेलकुदको मेरुदण्ड विद्यालय खेलकुद भएकाले राज्यले प्रथामिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनले प्रतियोगितामा पहिलो संस्करणदेखि नै मुख्य प्रायोेजन गर्दै आएको टेन्डाले निरन्तरता दिएको जानकारी गराए । प्रतियोगिता तीन विधामा सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक तथा प्रतियोगिता संयोजक विमल घिमिरेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

जसअन्तर्गत सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज गरी तीन समूहमा खेल सञ्चालन हुनेछन् । त्यस्तै, सिनियर ब्वाइजतर्फ १६ टिम, गल्र्समा १२ टिम तथा जुनियर ब्वाइजमा पनि १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा अनुमानित ३ लाख लागत लाग्ने आयोजक एआईएले जनाएको छ । सहप्रायोजनमा मेघा कलेज र द न्यु समिट कलेज रहनेछन् । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा कुल ४० टिमको सहभागिता रहेको छ । प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा सहप्रधानाध्यापक खगेश्वर गिरी र सञ्चालक कृष्ण गैरे लगायतको उपस्थिति रहेको थियो ।

(Visited 6 times, 1 visits today)
Loading comments...