शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

ग्रिनल्यान्डका दुवै टिम फाइनलमा

3 years ago
19/08/2016

काठमाडौं-रास

आयोजक ग्रिनल्यान्ड स्कुलका दुवै टिम एघारौं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

sport-1315369_960_720धापासीस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले भ्यालि पब्लिकलाई ६६–६३ स्कोरले हरायो । ग्रिनल्यान्डको जितमा राजमान श्रेष्ठ र विशाल सुनुवारले समान १५–१५ स्कोर गरे ।

जुनियर ब्वाइजमा पनि ग्रिनल्यान्डले सेबलाई ३७–२२ ले हराउँदा अस्मित तामाङ र ईन्द्र तामाङले समान ११–११ स्कोरको योगदान गरे ।

सिनियर ब्वाइजको अर्को सेमिफाइनल खेलमा एचएचसीएले स्काइलार्कलाई ८४–८३ को प्रतिस्पर्धात्मक सेटमा हरायो । निर्धारित समयमा दुवै टिमले ७६–७६ स्कोर गरेपछि खेल अतिरिक्त समयमा टुंगिएको थियो ।

एचएचसीएको जितमा विशाल राईले २२ स्कोरको योगदान दिए । बिहीबार भएको जुिनयर ब्वाइजमै भ्यालि पब्लिकले  नेरिकलाई २५–१५ ले हराउँदै आयोजक ग्रिनल्यान्डसँगको भेट पक्का गरेको छ । भ्यालिको जितमा रोहन श्रेष्ठ र साजन गुरुङले समान ७ स्कोर गरे । दुवै विधातर्फका फाइनल खेल शुक्रबार हुनेछन् ।

 

(Visited 1 times, 1 visits today)
Loading comments...