आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

डीआईजी नवराज सिलवाल पक्राउ, वरिष्ठ अधिवक्ता शम्भु थापा पनि प्रहरी नियन्त्रणमा

2 years ago
24/04/2017

राजधानी समाचारदाता
काठमाडौं, ११ वैशाख

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित घरमा प्रहरी महानिरीक्षक बढुवासम्बन्धी मद्धाबारे कानुनी परामर्श लिइरहेका बेला सोमबार विहान पौने १० बजे सिलवाललाई पक्राउ गरिएको हो । डीआईजी सिलवालसँगै वरिष्ठ अधिवक्ता थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयले सिलवाललाई बयानका लागि नियन्त्रणमा लिएको बताएको छ । सिलवालमाथि कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको आरोप छ । छानविन समितिले बयानमा बोलाउँदा नगएपछि पक्राउ गरिएको बताइएको छ । सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

(Visited 17 times, 1 visits today)
Loading comments...