आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

भोजपुरिया दबंगको छायांकन

3 years ago
22/08/2016

 

सुभाष साह-राजधानी

काठमाडौं, ५ भदौ | तराई मधेसका जिल्लामा सामाजिक कुरीतिका साथै भ्रष्टाचारले सीमा नाघेको र त्यहाँको विकास हुन नसकेको विषयमा भोजपुरी भाषामै एक फिल्मको निर्माण हुँदै छ । सामाजिक कुरीति र भ्रष्टाचारले जरा गाडेको विषयमा फिल्म निर्माण गरी जनचेतनाका साथै मनोरञ्जनसमेत दिने उद्देश्यले फिल्मको निर्माण हुन लागेको हो ।

clapper-board-152088_960_720भोजपुरी कथानक चलचित्र ‘भोजपुरिया दबंग’को छायांकन कलैयामा भइरहेको छ । कुल ४५ लाखको लागतमा निर्माण हुन लागेको भोजपुरिया दबंग फिल्म आउँदो छठ पर्वदेखि प्रदर्शन गरिने गरी छायांकन भइरहेको निर्देशक एनआर घिमिरेले बताए ।

ब्लैक चिली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्देशन एनआर घिमिरेले गर्दै छन् । साजिर अन्सारी र मुन्ना सर्राफ निर्माता रहेको सो फिल्ममा नायकको भूमिकामा सेर खान, नायिकाको भूमिकामा जानवी बस्नेत, सुजिता कार्की, खलनायकको भूमिकामा घनश्याम गिरी, शिव जी, धमेन्द्र पटेल, आर्यन कुमारलगायतका कलाकार रहेका छन् ।

नौवटा गीत रहेको फिल्मको छायांकन ऐतिहासिक एवं धार्मिक स्थल गढीमाई मन्दिर वरियारपुरका साथै कलैया, वीरगन्ज, जितपुर, हेटौंडालगायतका ठाउँमा गरिने निर्माता साजिर अन्सारीले बताए ।

नेपालको मध्य तराई मधेस, भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, मरिसस देशलगायतका ठाउँमा भोजपुरी भाषाका फिल्म बढी चल्ने गरेका छन् । भोजपुरी भाषामा निर्माण गरिएका फिल्महरू यस क्षेत्रमा बढी चल्ने भएका कारण नेपाली लगानीमा नेपालमै भोजपुरी भाषामा पनि फिल्म निर्माण सुरु भएको छ । अन्य भाषाका फिल्मभन्दा यस क्षेत्रमा भोजपुरी भाषाका फिल्म दर्शकले बढी हेर्ने गरेको कलैयास्थित गुप्ता चलचित्र मन्दिरका प्रोप्राइटर सुरेश गुप्ताले बताए ।

(Visited 8 times, 1 visits today)
Loading comments...