आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मिस टुरिजम–२०१६ को काठमाडौं अडिसन सम्पन्न

3 years ago
22/08/2016

काठमाडौं-रास

प्वाइन्ट मिडियाले २५ भदौमा आयोजना गर्न लागेको ‘मिस टुरिजम–२०१६’को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित सीडब्लू रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा लिइएको अडिसनमा २७ जना सहभागीले अडिसन दिएका थिए ।

audition-photoकाठमाडौं अडिसनपछि आगामी ७ भदौमा पोखरामा अडिसन गरिने प्वाइन्ट मिडियाले जनाएको छ । ‘मिस टुरिजम–२०१६ मा सहभागीहरूको ठूलो आकर्षण देखिएको छ, त्यसैले मिस टुरिजम–२०१६ लाई भव्यतापूर्वक सम्पन्न गर्ने व्यापक तयारी गरिरहेका छौं,’ प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

मिस टुरिजम–२०१६ लाई ५० हजार रुपैयाँ नगदका साथै नेपाल पर्यटन बोर्डको सद्भावना दूत पनि नियुक्त गरिनेछ । मिस टुरिजम फस्ट रनर अप–२०१६ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेन्ड रनर अप–२०१६ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरू प्रदान गरिने प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक काफ्लेले बताए ।

प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई सहयोग पुरयाउने उद्देश्यले ‘मिस टुरिजम–२०१६’को आयोजना गर्न लागेको जनाएको छ । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरूलाई नयाँ अवसरहरूको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन, आन्तरिक पर्यटकहरूको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...