आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

चिनियाँ सहयोगको प्रशंसा

3 years ago
22/08/2016

मनिला-एजेन्सी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागूऔषधको अवैध प्रयोग र ओसारपसारविरुद्ध चीनले गरेको सहयोगको सराहना गरेका छन् ।

help-153094_960_720फिलिपिन्स सरकारले लागूऔषधविरुद्ध कडा नीति अख्तियार गरिरहेका बेला चीनले त्यसको अवैध ओसारपसार रोकथामलगायतका क्षेत्रमा चीन जारी राखेको सहयोगको उनले प्रशंसा गरेका हुन् ।

आइतबार बिहानै फिलिपिन्सको दाभायो सहरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा उनले यो विषय फिलिपिन्समा गम्भीर भएकाले यसमा सहयोगका लागि विश्वका अरू पनि कैयौं देशले सहयोगको अपेक्षा गरेकोमा हालैका दिनमा चीनको सहयोग अत्यन्तै महŒवपूर्ण रहेको उनको भनाइ थियो ।

अवैध किसिमले लागूऔषधको ओसारपसारका कारण फिलिपिन्समा यसले भ्रष्टाचार र आपराधिक क्रियाकलापमा बढावा दिइरहेको बताउँदै उनले आगामी दिनमा यस्ता सबै क्रियाकलापलाई निर्मूल पार्ने प्रतिबद्धता पनि जनाएका छन् ।

लागूऔषधको अवैध ओसारपसारको जालो देशका राजनीतिक नेता, प्रहरी, कर्मचारी र न्यायाधीशसम्ममा पनि पुगेको उनको भनाइ थियो ।

यसलाई तोड्न सरकार सशक्त रूपमा लागिपर्ने भन्दै उनले आगामी दिनमा यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा निस्तेज पार्ने दृढता व्यक्त गरे ।

(Visited 1 times, 1 visits today)
Loading comments...