बुधवार ५ मंसिर, २०७५ (Wednesday, 21st November 2018)
५ मंसिर, २०७५ (21 November 2018)

2 years ago
06/05/2017

मेकअपमा फाउन्डेसनको भूमिका

सुमित्रा रञ्जित

मुहारको सुन्दरतामा शृंगार अर्थात् मेकअपको महŒवपूर्ण भूमिका हुने गर्दछ । मेकअप गर्दा मुहारको आकार, छालाको प्रकार तथा मौसमलाई मध्यनजर राखेर गर्नुपर्दछ । मेकअप गर्दा त्यसमा प्रयोग हुने फाउन्डेसनको आफ्नो महŒव हुने गर्दछ । अर्थात्, फाउन्डेसनविना न त मेकअप खुल्छ, न मेकअप नै पूरा हुन्छ । त्यसैले, मेकअप गर्न फाउन्डेसन अपरिहार्यजस्तै छ । बजारमा विभिन्न प्रकारका फाउन्डेसनहरू पाइन्छन् । फाउन्डेसन विभिन्न मूल्य र गुणस्तरको हुने गर्दछ । सस्तोको लोभमा गुणस्तरीय फाउन्डेसन छान्न सकिएन भने त्यस्ता गुणस्तर हिन फाउन्डेसनले मुहारको छालालाई हानि गर्दछ । त्यसैले, जहिले पनि आफूले मेकअप गर्दा प्रयोग गर्ने फाउन्डेसन गुणस्तरीय र प्रयोग गर्दै आएको एवं विश्वासिलो कम्पनीको होलोग्राम हेरेर मात्र खरिद गर्नुपर्दछ । यहाँ फाउन्डेसनको प्रकार र मेकअपमा त्यसको प्रयोगबारे चर्चा गरिएको छ :

मौसमअनुसार फाउन्डेसनको प्रयोग

     जाडोका लागि मोस्चराइजर भएको फाउन्डेसन प्रयोग गर्ने । यस्तो फाउन्डेसनले मुहारको छालालाई चिसोमा सुक्खा हुन दिँदैन ।

    गर्मीमा मोस्चराइजर नभएको वाटर प्रुफ फाउन्डेसन प्रयोग गर्ने । यस्तो मोस्चराइजर पानी र पसिनाले नपखालिने हुँदा गर्मीमा लामो समयसम्म टिकिरहन्छ । यसले प्रत्यक्ष घाम पानीको प्रभावबाट छालालाई जोगाउँछ ।

बनोटका हिसाबले फाउन्डेसनको प्रकार

    स्टिक फाउन्डेसन ः यस्तो फाउन्डेन स्टिकमा कम्पाइल गरेर बनाइएको हुन्छ । यस्तो फाउन्डेसनको गुणस्तर र केक फाउन्डेसनको गुणस्तर उस्तै हुन्छ । स्टिक फाउन्डेसन वाटर प्रुफ मात्र हुन्छ । त्यसैले, पानीमा भिज्ने तथा पसिनामा भिज्ने अवस्था छ भने स्टिक फाउन्डेसनको प्रयोग गर्नु राम्रो हो ।

    लिक्विड फाउन्डेसन ः लिक्विड फाउन्डेसन ट्युब तथा बट्टामा क्रिम बेसमा आउँछ । यो लगाउनलाई सजिलो पनि हुन्छ । लिक्विड फाउन्डेसन वाटर प्रुफ र मोस्चराइजर दुवै हुन्छ । केही लिक्विड क्रिममा सनब्लक क्रिमसमेत मिश्रित हुन्छ । गर्मीमा हामीले वाटर प्रुफ लिक्विड फाउन्डेसन प्रयोग गर्न सक्छौं । यस्तै, जाडोमा मोस्चराइजर लिक्विड फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।

छालाअनुसारको फाउन्डेसन प्रयोग

सुक्खा छालामा फाउन्डेसनको प्रयोग ः छाला भए यस्तो छालामा जाडोगर्मी जुन महिना भए पनि मोस्चराइजर भएको फाउन्डेसन प्रयोग गरेर मेकअप गर्नु राम्रो हुन्छ । सुक्खा भएर पनि पसिना बढी आउने समस्या छ भने यस्तो छालामा मोस्चराइजर भएको वाटरप्रुफ लिक्विड मोस्चराइजरको प्रयोगले मेकअप गर्नु राम्रो हुन्छ । तैलीय छालामा फाउन्डेसनको प्रयोग ः यदि मुहारको छाला चिल्लो छ भने यस्तो छालामा मोस्चराइजर नभएको फाउन्डेसनको प्रयोग गरेर बल्लमेकअप गर्ने ।

फाउन्डेसन किन्दा ध्यान दिनुपर्ने कुरा:

     आफ्नो छालाको पहिचान गरेर मात्र फाउन्डेसन किन्ने र प्रयोग गर्ने ।

    छालाको रङअनुसार पनि फाउन्डेन प्रयोग गरिन्छ । किनकि, फाउन्डेसन चारवटा रङमा आउने गर्दछ । ती चारमध्ये तपार्इंको मुहारको छालासँग मिल्ने रङ छान्नुपर्दछ ।

    फाउन्डेसन किन्दा घाँटीको छालाको रङअनुसार किन्ने । किनकि, घाँटीको छालाको रङ र मुहारको छालाको रङ मिल्ने हुन्छ । त्यसैले, घाँटीको छालाको रङअनुसारको फाउन्डेसन किनेर प्रयोग गर्दा मुहारमा मेकअप राम्ररी खुल्छ ।