आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

होटल र गेष्ट हाउसमा छापा, यौन क्रियाकलापमा संलग्न १२ जना पक्राउ

2 years ago
09/05/2017

सुरुङ्गा (झापा), २६ वैशाख । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन् ।

प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो । त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताउनुभयो । रासस

(Visited 23 times, 1 visits today)
Loading comments...