बुधवार ५ मंसिर, २०७५ (Wednesday, 21st November 2018)
५ मंसिर, २०७५ (21 November 2018)

औलोको जोखिम कायमै

2 years ago
09/05/2017

औलोको जोखिम कायमै

डा. प्रकाश बुढाथोकी

अझै पनि बर्षेनि १ हजार नेपालीलाई प्रयोगशाला प्रमाणित औलो लाग्छ । त्यसो त औलो नियन्त्रण कार्यक्रम सन् १९५४ मा किटजन्य रोग नियन्त्रणमार्फत सुरु भएको थियो । सन् १९७८ मा औलो कार्यक्रमलाई एकीकृत स्वास्थ्य प्रणालीमा औलो नियन्त्रण कार्यक्रमको रूपमा राखी १२ जिल्लाबाट सुरु गरी ६५ जिल्लामा पु¥याइयो जुन हालसम्म कायमै छ । मन्त्रालयले नयाँ औलो कार्यक्रमलाई सन् २०२६ सम्ममा औलोमुक्त लक्ष्यको परिकल्पना गर्दै नेपाल मलेरिया स्ट्राटेजिक प्लान २०१४—२०२५ तयार गरी कार्यान्वयनमा ल्याएको छ । सन् २०२५ सम्म नेपाललाई औलोमुक्त तथा सन् २०१८ सम्ममा स्थानीय रोगीको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउने, स्थानीय औलो संक्रमण भएका गाविसको संख्या ७० प्रतिशतले घटाउने, अति औलोग्रसित क्षेत्रका कम्तीमा ९० प्रतिशत स्थानहरूमा लामखुट्टे नियन्त्रणका उपायहरू अवलम्बन गर्ने र ९० प्रतिशत शंकास्पद औलो रोगीको प्रयोशालाबाट एकिन निदान गरी शत प्रतिशतलाई प्रभावकारी उपचार गर्ने योजनाबमाोजिम विभिन्न अभियान चालिएको छ । विश्व स्वास्थ्य संगठनले यस वर्ष औलो दिवसमा सदाका लागि औलो अन्त्य गरौं भन्ने नारा तय गरेको थियो र त्यसैनुसार नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी मनाइयो नै होला ।

सरकारले चालू आर्थिक वर्षमा औलोप्रभावित ३१ जिल्लामा सवा २ लाख बढी थान झुल वितरण गर्ने बताएको छ । उच्च जोखिमयुक्त जिल्ला कञ्चनपुर, डढेल्धुरा, कैलाली, बा“के, धनुषा र सिन्धुलीमा १ लाख ८९ थान र कम जोखिमयुक्त अरू २५ जिल्लामा गर्भवती जा“च गराउन आउनेरूरूलाई ४६ हजार ३ सय थान झुल वितरण भइसकेको छ । तराई क्षेत्रमा मात्र सीमित औलो हाल पहाडी जिल्लामा पनि भेटिनु जनसंख्या वृद्धि, गर्मी र फोहर साथै भूकम्पपछि खलबलिएको वातावरण, वृद्धि भएको लामखुट्टेको टोकाइ नै हो । त्यसो त सन् २००० देखि २०१३ सम्म आइपुग्दा अफ्रिकामा ५४ तथा विश्वमा औलोको मृत्युदर ४८ प्रतिशतले घटेको छ विश्व औलो प्रतिवेदन २०१६ नसार सन् २०१० देखि २०१५ मा आउँदा नयाँ बिरामी २१ प्रतिशतले र मृत्युदर २९ प्रतिशतले घटेको देखाएको छ । । नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्लाका २ करोड ५० लाख जनता अझै पनि औलोको जोखिममा छन् ।

औलो रोग

पोथी एनोफिल्स लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्ने प्रजीवाणु सरुवा रोग औलो हो । औलोलाई अंग्रेजीमा मलेरिया अर्थात् खराब हावा भन्ने गरिन्छ । मानिसलाई संक्रमण गरी औलो लगाउने एक कोषीय परजीवीमा प्लाज्मोडियमका चार स्पेसिज पी फाल्सीपेरम, पी भाइभेकस, पी ओभेली र पी मलेरी पर्दछन् जसमा पी भाइभेकस सबैभन्दा बढी (९०५ लाई) हुने संक्रमक हो भने पी फाल्सीपेरमले सबैभन्दा कडा प्रकृतिको घातक औलो रोग लगाउ“छ । औलोको परजीवी –४ डिग्री सेल्सियसमा समेत रहन सक्ने भएकाले संक्रमितले रक्तदान गर्नुहु“दैन साथै गर्भको बच्चालाई पनि आमाबाट औलोको परजीवी सर्न सक्छ ।

लक्षण तथा चिह्न

गरिब, विपन्न, अशिक्षित तथा पिछडिएका समुदायमा बढी देखिने औलो रोगबाट तराईका जिल्ला बढी आक्रान्त छन् । तुलनात्मक रूपमा महिलाभन्दा पुरुषमा बढी बाहिर हिँड्डुल गर्ने भएकाले पुरुषमा ज्यादा पाइन्छ । गर्मी तथा वर्षायाममा लामखुट्टे बढी हुने भएकोले तथा तापक्रम २० देखि ३० सेल्सियस पुग्ने भएकोले रोग बढी देखिन्छ ।
सबैभन्दा कडा प्रकृतिको औलो फल्सीपेरम औलोको अन्तरविकास काल एकदेखि दुई साता हुने गर्दछ । टाउको असाध्यै दुख्ने, जाडो लागेर कम्प हुने, शरीरका हाडजोर्नीहरू दख्ुने, दिन बिराएर ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुँदा शरीर हिउँजस्तै चिसो हुुने, रक्त अल्पदाका कारण अनुहार फुस्रो देखिने, कब्जियत हने, फियो र कलेजो सुनिने औलोका लक्षण हो ।
निश्चित समयसम्म जाडो हुने, गर्मी हुने, खलखली पसिना आउने र एकै छिनपछि केही कमजोर महसुस भए पनि पूर्ण आराम भएको महसुस हुने यो रोगको प्रमुख विशेषता हो ।औंलोको ज्वरोले एक्कासी आक्रमण गर्दछ र कम्पको अवस्था (जाडो अवस्था), ज्वरोको अवस्था (गर्मीको अवस्था), पसिनाको अवस्था र सामान्य अवस्था चार चरणहरू देखिने गर्दछ ।चरणहरू आठदेखि १२ घण्टामा पूरा हुन्छ ।औंलोको मुख्य लक्षण ज्वरो हो । उक्त ज्वरो केही समय बिराई वा नियमित आउन सक्छ । कडा औलोमा बिरामी बेहोस हुने, कम्पन हुने, कम्प छुट्ने, बोल्न र बस्न नसक्ने, आफन्तलाई नचिन्ने, खाना मन नलाग्ने, ज्वरो ३९ डिग्री सेल्सियस हुने, झाडापखाला, रक्तअल्पता, कडा जलवियोजन, पिसाब नहुने वा कम हुने वा गाढा रंगको हुने गर्दछ । मस्तिष्क ज्वरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा बाधा भई बेहोस अवस्थामा जाने र होस नआएर समयमा उपचार नपाएमा ४ देखि ५ घण्टामै मृत्युसमेत हुन्छ औलो बालबालिका र गर्भवतीका लागि अत्यन्त खतरनाक हुन्छ । तसर्थ ज्वरो औलो हुन सक्छ तर सब ज्वरो औलो होइन ।

रोकथाम

औलो फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हु“दैन । रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नास गर्नुपर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिने गर्नुपर्दछ । लामखुट्टेको टोकाइबाट बच्ने, लामखुट्टेको नास गर्ने, लामखुट्टेको बच्चा विनाश गर्ने, परजीवी नास गर्ने र जनचेतनामा अभिवृद्धि गर्ने नै औलोको रोकथाम हो ।
अन्तमा, कुनै स्थानमा लगातार तीन वर्Èसम्म स्थानीय औलो रोगीको संख्या शून्य भएमा त्यस स्थानमा औलो निर्मूल र कुनै प्रकारको स्थानीय र आयातित औलो रोगीको संख्या शून्य भएमा त्यस स्थानमा औलोको उन्मूलन भएको मानिन्छ । त्यस्तै कुनै स्थानमा औलोप्रभावितको संख्या प्रतिहजार जनसंख्यामा एकभन्दा कम भएमा पूर्व निर्मूलको अवस्था मानिन्छ । यावत जानकारी मन मस्तिष्कमा राख्न तथा व्यवहारमा उतार्न सबै तह र तप्काबाट नियमित र निरन्तर जनचेतनामा अभिवृद्धि गर्न जरुरी रहन्छ । रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा संम्बोधनका बारेमा आम जनसमुदाय तथा अन्य सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिई रोग उन्मूलन गर्नु नै सार्थकता रहन्छ ।

लेखक नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।