बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

कानपाको वडा २७ मा एमाले विजयी

2 years ago
20/05/2017

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं २७ मा नेकपा(एमाले) विजयी भएको छ । एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो । रासस

(Visited 3 times, 1 visits today)
Loading comments...