मंगलवार ८ माघ, २०७५ (Tuesday, 22nd January 2019)
८ माघ, २०७५ (22 January 2019)

सेयर बजारमा गिरावट

2 years ago
20/05/2017

काठमाडौं / रास— यस साता सेयर बजारमा गिरावट आएको छ । विगतदेखि नै अस्थिर बन्दै आएको सेयर बजारमा यो सातको सुरुदेखि नै मन्दी आएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १८ हजार ४ सय २८ कारोबारबाट २ अर्ब ५८ करोड १७ लाख ८७ हजार रुपैयाँबराबरका ८३ लाख २६ हजार २ सय २० कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ७.९१ प्रतिशत कम हो ।

गत साता १५३ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २४ हजार ४ सय ७१ कारोबारबाट २ अर्ब ८० करोड ३६ लाख ४६ हजार रुपैयाँबराबरका ४९ लाख ९४ हजार १ सय ७० कित्ता सेयरहरू खरिद–बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.३६ अंकले घटेर अन्तिम दिन १६४३.८७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.१६ अंकले घटेर ३४९.९४ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकम (१८ करोड ८२ लाख ४० हजार रुपैयाँ) का आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या (१६ लाख ८८ हजार कित्ता) का आधारमा एनआईबीएल समृद्धि फन्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार संख्या (९५९ वटा) का आधारमा अरुण काबेली पावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

 

(Visited 1 times, 1 visits today)