आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

सपनाको क्षितिज लोकार्पण

2 years ago

काठमाडौं / रास– कवि पूर्णिमा जी शाहले आफ्नो दोस्रो कवितासंग्रह ‘सपनाको क्षितिज’ पाठकामाझ ल्याएकी छन् । हङकङ साहित्य शृंखलाले हङकङमा आयोजना गरेको एक समारोहमा सो शृंखलाका संयोजक लालबहादुरसहित कवि पूर्णिमाले यो कवितासंग्रह विमोचन गरेका हुन् ।

सो शृंखलाकी सहसंयोजक पूर्णिमाले यसअघि आफूले पाठकमाझ ल्याएको कवितासंग्रह लम्कँदै छु युद्ध गर्नलाई मन पराएका कारण दोस्रो कवितासंग्रह ल्याएको बताइन् ।

विदेशमा बसेर नेपाली साहित्यमा योगदान पु¥याएको भन्दै हङकङ साहित्य शृंखलाका तर्फबाट सो कार्यक्रममा एकराज राई (हङकङ), कृष्णप्रसाद श्रेष्ठ (रसिया), डा. भक्त राई (नेपाल) र प्रकाशित कृति हङकङबाट पूर्णिमा जी शाहलाई पुरस्कृति गरियो । जनही ११ हजार रुपैयाँ र ताम्रपत्रबाट उनीहरूलाई पुरस्कृत गरिएको थियो ।

 

(Visited 1 times, 1 visits today)
Loading comments...