शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

नेपथ्यले ल्यायो आईफोन भिडियो

2 years ago
28/06/2017

काठमाडौं / रास– नेपथ्यको २५औं वार्षिक उत्सवको अवसरमा गायक अमृत गुरुङले आफ्नो गीत ‘घरको कुरा…’को भिडियो आईफोनले खिचेर तयार गरेका छन् । उनले यो भिडियो मंगलबार सार्वजनिक गरेका छन् । यो गीत आफुले १२ वर्ष अघि बजारमा ल्याएको ‘घटना’ गीतिसंग्रहमा रहेको पनि अमृतले जानकारी गर ।

‘सन् २००४ मा नेपाल लडाइँको चपेटामा रहेको बेला अमेरिका यात्राको बेला लेखिएको यो गीत÷कविताको भिडियो पनि नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा त्यहीँ आईफोनबाट खिचेको हो ।’ प्रविधिभन्दा पनि दृश्य र भावनालाई महŒव दिएर खिचिएको भिडियोबारे नेपथ्यको गायक अमृतले भने, ‘विदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै व्यस्त पाएँ । कार्यक्रमका बेला बोल्न खोज्दा सबै नाच्ने गीतमै रमाउन चाहे ।’ दर्शकलाई मनोरञ्जन दिने क्रममा आईफोनले खिचेर गीतको भिडियो बनाएको अमृतले खुलासा गरे ।

यो भिडियोमा अमृत विभिन्न ठाउँ भौतारिहिँडेका देखिन्छन् । बीचबीचमा उनले आफूले गरेको यात्रा र फोटोमार्फत देशलाई सम्झेको पनि भिडियोले दर्साउँछ ।

 

(Visited 2 times, 1 visits today)
Loading comments...