आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

¥याम्प मोडलिङमा गजल

2 years ago
28/06/2017

काठमाडौं / रास– ललितपुर भैंसेपाटीकी गजल चौधरी पेसाले भिडियो जकी (भीजे) हुन् । एक वर्षयताबाट उनी ¥याम्प मोडलिङमा व्यस्त छिन् । उमेरले भर्खर १७ वर्ष पुगेकी उनी महँगी कान्छी मोडल मानिन्छिन् । काठमाडौंमा हुने अन्तर्राष्ट्रिय फेसन सोमा उनी ¥याम्प मोडलिङमा छाउन थालेकी हुन् ।

‘गत वर्षसम्म टीजेआईएफ आईईसी फेसन सप्ताह’बाट उनले व्यावसायिक फेसन ¥याम्प वाक थालेकी हुन् । त्यसअघि उनले बालिका तथा नवकिशोरीका रूपमा धेरैपटक फेसन सोमा क्याटवाक गरिसकेकी थिइन् । पाँच वर्षअघि ‘लिटिल मिस नेपाल–२०१३’को उपाधि जितेपछि उनले ¥याम्प मोडलिङ सुरु गरेकी हुन् । आईईसीपछि उनी अन्तर्राष्ट्रिय डिजाइनरको रोजाइमा परेकी हुन् । तीन महिनाअघि ब्लसम कोचरको ब्युटी सेमिनारमा मोडलिङ गरेकी उनले त्यसपछि तीनवटा सो भ्याइसकेकी छन् ।

आगामी २१ अगस्टमा राजधानीको पाँचतारे एउटा होटलमा हुने ‘हन्ट कटायर’ सोजको क्याटवाक अभ्यासमा गजल यतिबेला व्यस्त छिन् । यसअघि नेपाल टेलिभिजनबाट जीवनशैलीसम्बन्धी ‘ककटेल कार्यक्रम’ चलाउँदै आएकी गजल पछिल्लो समय एपी वान टिभीसँग आबद्ध छिन् । उनी सो टिभीमा ‘लिभ इट अप’ कार्यक्रम सञ्चालन गर्छिन् । ए लेभलको परीक्षा दिएर बसेकी गजल अब मिडियामा स्नातक गर्ने योजना सुनाउँछिन् ।

 

(Visited 10 times, 1 visits today)
Loading comments...