आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

सेन्सरले रोक्यो कोनकोनाको सिनेमा

2 years ago
29/06/2017

मुम्बई / एजेन्सी– बलिउड अभिनेत्री कोनकोना सेन शर्माले आफ्नो फिल्म ‘लिपस्टिक अन्डर द बुर्खा’लाई सेन्सर बोर्डले रोकेकोमा दुःख व्यक्त गरेकी छन् ।

मुस्लिम समुदायको युवतीहरुको जीवन शैली र प्रेमलाई लक्षित गरेर बनाइएको यो फिल्म बढी अश्लील भयो भन्दै भारतीय सेन्सर बोर्डले रोकेको छ ।

फिल्मलाई अलंकृता श्रीवास्तवले निर्देशन गरेकी हुन् । जसमा कोनकोनासँगै सुसान्त सिंह, रत्ना पाठक, वैभव तत्वधीलगायतको अभिनय छ । २१ जुलाईमा रिलिज गर्ने भनिएको यो सिनेमा सेन्सरमा रोकिएपछि अहिले निर्माण पक्ष तनावमा छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...