आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

कारखानाबाट नवीन उत्साहित

2 years ago
29/06/2017

काठमाडौं / रास– शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कारखाना’को बुधबार काठमाडौंमा विशेष प्रदर्शन गरियो । यो चलचित्रमा अभिनेता नवीन लम्सालको कामलाई दर्शकले खुलेर प्रशंसा गरे ।

चलचित्रमा नवीनसँगै सुशील श्रेष्ठ, वर्षा शिवाकोटी र जेविका कार्की मुख्य भूमिकामा छन् । चलचित्र ‘राहदानी’बाट नेपाली रजतपटमा नायकका रूपमा उदाएका नवीनले कारखानाबाट पाएको प्रशंसाले उत्साहित हुँदै राजधानीसँग भने,

‘चलचित्रमा म उच्च धनाढ्य परिवारको व्यापारी युवाको भूमिकामा छु । आफूले मन पराएको युवतीलाई पाउन र आफ्नो व्यापारलाई अघि बढाउन साम, दाम, दण्ड, भेद हरेक कुरा अपनाउन पछि नपरेको मेरो भूमिकामा दर्शकबाट निरन्तर ताली पाउँदा खुसी लागेको छ ।’

अमरदीप सापकोटा निर्देशित यो चलचित्र विशुद्ध नारीप्रधान चलचित्र हो । एउटा महिलाले गलत निर्णय लिँदा उसले केसम्म भोग्नुपर्छ भन्ने विषय यो चलचित्रमा उठाउन खोजिएको नवीनले बताए । यो चलचित्र कोखमा भाडा लगाउने कार्य (सेरोगेसी) लाई विषयवस्तुका रूपमा उठान गरिएको नवीनले बताए ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...