आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

शंकर र मनीषाको भेट हुँदैन होला…

2 years ago
30/06/2017

काठमाडौं / रास– गायक शंकर ढकाल र गायिका मनीषा शर्माले नयाँ लोकभाका ‘भेट हुँदैन होला…’ को भिडियो दर्शकमाझ ल्याएका छन् । सामाजिक सञ्जाल युट्युबमार्फत यी दुईले यो गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक ढकालले नै शब्द र लय संकलन गरेका हुन् ।

गीतमा आधुनिक जमानामा माया, प्रेममा परेका जोडीहरूबीच बिछोड हुनुपर्दाको पीडा चित्रण गरिएको छ । जसमा मोडलहरू विनोद ढकाल, दीपक खत्री र उस्मिता बगालेको अभिनय रहेको छ । भिडियोलाई मिलन कार्कीले निर्देशन र सम्पादन गरेका हुन् । यो गीतको भिडियोमा काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरू कैद गरिएको छ ।

(Visited 9 times, 1 visits today)
Loading comments...