आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

बल्ल करोड क्लबमा ट्युबलाइट

2 years ago
30/06/2017

मुम्बई / एजेन्सी– बलिउड अभिनेता सलमान खान अभितिन फिल्म ‘ट्युबलाइट’ प्रदर्शनको छैटौं दिनमा बल्ल करोड क्लब टेकेको छ । बुधबारसम्म यो फिल्मले १ सय ५ करोडको व्यापार गरेको छ ।

फिल्मको व्यापार गति निकै सुस्त छ । सात वर्षपछि सलमानको फिल्मले यती सुस्तसँग व्यापार गरेको हो । फिल्मले राम्रो व्यापार नगरेको भन्दै कतिपय सिनेमा हलमा टिकटमा २५ प्रतिशतसम्म छुट दिइएको छ । दर्शकको नकारात्मक प्रतिक्रियाका कारण ट्युबलाइटको व्यापार बिग्रिएको हो ।

यसअघि दर्शकमाझ एक्सन अभिनेताका रूपमा चिनिएका सलमान यो फिल्ममा फरक भूमिकामा देखिएका छन् । यो फिल्ममा न गीत छ न अरु फिल्मको जस्तो फाइट नै छ । सोही कारण पनि दर्शकलाई ट्युबलाइटले सोचेअनुसार आकर्षण गर्न सकेको छैन ।

कविर खान यसपटक सलमानलाई प्रस्तुत गर्नमा असफल भएका छन् । सलमानसँगै यो फिल्ममा सोहेल खान, दिवंगत ओम पुरी, चिनियाँ अभिनेत्री सुसुलगायतको अभिनय छ ।

(Visited 3 times, 1 visits today)
Loading comments...