शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

रत्नजित र दिल्मीलाई उपाधि

2 years ago
06/07/2017

राजधानी समाचारदाता / काठमाडांै

नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टनको पुरुष एकल खुलातर्फको उपाधि जितेका छन् । बुधबार भएको फाइनलमा उनल रत्नजितले आफ्नै क्लब आर्मीका नवीन श्रेष्ठलाई २१–११, २१–१४ को सोझो सेटमा पराजित गरेका थिए ।

महिला एकलको उपाधि भने श्रीलंकाकी दिल्मी दियसले जितिन् । श्रीलंकाको यू–१७ उमेर समूहकी नम्बर एक खेलाडी दियसले त्रिभुवन आर्मी क्लबकी नङसलदेवी तामाङलाई उपाधि जितेकी हुन् ।

पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेकी दियसले दोस्रो सेट पनि २१–१५ ले जित्दै नेपाल बसाइलाई अविस्मरणीय बनाइन् । पुरुष डबल्स खुलातर्फको फाइनलमा भारतका जुम्ल्याहा दाजुभाइ अञ्जन र रञ्जन बुगोंईलाई पाकिस्तानका अजिम सरवार र मुराद अलीको जोडीले पराजित गर्दै उपाधि जिते । पाकिस्तानी खेलाडीले २१–१६, २१–१५ को सेटमा जित दर्ता गरे ।

(Visited 5 times, 1 visits today)
Loading comments...