आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

‘दियालो बंगला’ प्रयोगविहीन

2 years ago
22/07/2017

‘दियालो बंगला’ प्रयोगविहीन

 

राधेश्याम खतिवडा

चितवनको व्यस्त बजार नारायणगढ बजारसँगै जोडिएको शाह वंशीय राजपरिवारको दरबार छ । तर सुरक्षार्थ सेना र नेपाल ट्रस्टका कर्मचारीबाहेक अरू कोही छिर्न नपाउने भएका कारण धेरैका लागि दरबार कौतूहलको विषय बनेको छ । ऐतिहासिक रूपले निकै महŒवपूर्ण मानिएको दरबार प्रयोगविहीन भएर ओझेलमा परेपछि सरोकारवालाले चासो देखाएका छन् ।


चितवनको आँपटारीमा रहेको दियालो बंगला शाहवंशीय राजाहरूको शितकालीन दरवारको रूपमा परिचित रहेको छ । देवघाट जाने सडक र नारयणगढ काठमाडौं सडकखण्डनजिकै नारायणी नदीको किनारमा रहेको दियालो बंगलामा राजाहरू आएर बस्ने गरेका थिए । २०१५ सालअघि वनजंगलले घेरिएको यो क्षेत्रमा बस्ती वबबबबबस्न थालेपछि जनतालाई अन्यत्र सारेर दियालो बंगला दरबार बनाइएको थियो ।
यसको निर्माण गर्न लगाउने राजा महेन्द्र थिए । २०२४ सालबाट निर्माण थालेर २०२६ सालमा सम्पन्न गरिएको दियालो बंगला निर्माण सम्पन्न भएपछि राजा र राजपरिवारका सदस्यहरूले प्रयोग गर्दै आएका थिए । दरबार भित्र भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् ।


१ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगन्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । ग्यारेजनजिकै रहेको नुहाउने घरमा अहिले ट्रस्टको कार्यालय राखिएको छ ।
यो क्षेत्रमा पूर्वराजपरिवार मनोरञ्जन तथा आरामका लागि आउने गर्दथे । दियालो बंगलामा २०२८ सालमा तत्कालीन राजा महेन्द्रको निधन भएको थियो । चितवनमा रहेको चर्चित दरबार क्षेत्रको संरक्षण हुन सकेको छैन । नेपाल ट्रस्ट ऐन २०६४ बनेलगत्तै ट्रस्टको नाममा रहेको करिब ५७ बिघा ११ कट्ठा क्षेत्रफल अहिले प्रयोगविहीन अवस्थामा रहेको छ ।

२०४१ सालबाट बगैंचे पदमा काम गर्दै आएका घनश्याम केसी राजपरिवारको रमाउने ठाउँ दियालो बंगला रहेको बताउँछन् । सरकारी तवरबाट चासो नदिइँदा यो क्षेत्र उपयोगहिन बनेको हो । नारायणगढ बजारनजिकै रहेको यस क्षेत्रलाई बहुउद्देश्यीय प्रयोगमा ल्याउनुपर्ने सुझाव स्थानीयले दिँदै आएका छन् । संरक्षित वनका रूपमा विकास गरि चिडियाघर बनाउनुपर्ने, व्यवस्थित बाल उद्यान बनाउनुपर्ने, व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाउनुपर्ने, पब्लिक विश्वविद्यालय बनाउन सकिने, योग केन्द्रका रूपमा प्रयोग गर्नुपर्नेजस्ता बहसहरू हुँदै आएका छन् ।
दियालो बंगला परिसरमा मुख्य रूपमा दरबार रहेको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तिस्बर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् ।

दरबारमा अहिले एक जना खरदारसहित ६ जना कर्मचारी रहेका छन् । दैनिक सरसफाइ गर्ने काम मात्र भइरहेको कर्मचारीहरू बताउँछन् । दरबार अहिले नेपाली सेनाको सुरक्षामा रहेको छ । २०४१ सालबाट दरबारमा बगैंंचे पदमा काम गर्दै आएका घनश्याम केसी राजपरिवारको आकर्षण दियालो बंगला दरबार रहेको बताउँछन् । २०५० सालमा बगैंंचामा घुम्दै राजा वीरेन्द्रले नौ महिना दियाले बंगला र तीन महिना काठमाडौं बस्ने बताएका केसी सुनाउँछन् ।
तत्कालीन वडामहारानी ऐश्वर्यको यही दरबारको भ¥याङमा लडेर खुट्टा भाँचियो केसीले बताए । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यहीँ दरबारमा मनाएका केसीले बताए ।

(Visited 15 times, 1 visits today)
Loading comments...