सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

चुनावी प्रचार सुरु

1 year ago

पाल्पा / रास– पाल्पाका वाम गठबन्धन उम्मेदवारहरू परिचयात्मक कार्यक्रम गरी निर्वाचन प्रचारमा आआफ्नो क्षेत्रमा खटिएका छन् ।

संविधानले दिएका अधिकारलाई कानुन बनाएर कार्यान्वयनमा ल्याउने निर्वाचन भएकाले जनतालाई उत्साहित भएर भाग लिन उम्मेदवारले आग्रह गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रूपमा आयोजना गरेको परिचायात्मक कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाबाट कानुन निर्माण गरेर जनतालाई अधिकार दिने भएकाले योग्य र सक्षम वामगठबन्धनलाई मत दिन अनुरोध गरेका छन् ।