सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

कांग्रेसले उपेन्द्रलाई सघाउने

1 year ago
09/11/2017

राजधानी संवाददाता / राजविराज

नेपाली कांग्रेसबाट सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सकलदेव सुतिहारले संघीय समाजवादी फोरम–राजपा गठबन्धनका संयुक्त उम्मेदवार एवंं फोरम अध्यक्ष उपेन्द्र यादवलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएका छन् ।

काम विशेषले हाल काठमाडौंमा रहेका उनले बुधबार फोनमार्पmत सञ्चारकर्मीहरूसँग कुरा गर्दै आप्mनो उम्मेदवारी कायम नरहेको स्पष्ट पारेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मीनेन्द्र रिजाललगायत केन्द्रीय नेताहरूको अनुरोधमा चुनावी प्रतिस्पर्धाबाट अलग भएको उनले स्पष्ट पारे ।

राजपा–फोरम तथा कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभाका लागि केही शीर्ष नेताहरूलाई जिताउन एक अर्कालाई सघाउने गरी बनाएको रणनीतिअनुसार नै फोरम अध्यक्ष यादव उम्मेदवार रहेको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए । राजपाको सहमहामन्त्री पद त्याग गरी यहाँबाट जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएपछि चिन्तामा परेका फोरम अध्यक्ष यादवले कांग्रेस उम्मेदवार सुतिहारले सघाउनेगरी उम्मेदवारी फिर्ताको घोषणा गरेपछि केही राहत महसुस गरेका छन् ।

यसअघि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई पनि सघाउनेगरी उनी लडेको क्षेत्र महोत्तरी–३ मा पनि प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार बनेका बजरंग नेपालीले केन्द्रीय नेताको अनुरोधमा उम्मेदवारी फिर्ता लिएका थिए ।

तर राजपा, फोरम र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनले गरेको आन्तरिक सहमति धनुषा–३ मा भने अभैm लागू हुन सकेको छैन । आन्तरिक सहमति लागू हुन नसक्दा धनुषा–३ मा प्रतिनिधिसभा सदस्य पदमा राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो र कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि चुनावी प्रतिस्पर्धामा छन् ।