बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

भक्तपुर–२ मा एमाले विजयी

2 years ago
11/12/2017

राजधानी संवाददाता / भक्तपुर

भक्तपुर–२ एमालेको कब्जामा आएको छ । स्थानीय तह निर्वाचनबाटै यस क्षेत्रमा नेतृत्व गरिसकेको एमालेले यसपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम पनि आफ्नो पोल्टामा पारेको हो ।

विजयी पार्टी उम्मेदवारलाई बधाई दिएपछि सामूहिक तस्बिर खिचाउ“दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : राजधानी

भक्तपुर–२ अन्तर्गत सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका पूरै क्षेत्र पर्छन् । स्थानीय तह निर्वाचनमा एमालेले सूर्यविनायकमा प्रमुख र उपप्रमुखसहित १० मध्ये ७ वटा वडाध्यक्ष र मध्यपुर थिमी नगरपालिका प्रमुखसहित एक वडाध्यक्षमा निर्वाचित भएको थियो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सूर्यविनायकमा एक्लै र मध्यपुर थिमीमा नेमकिपासँग तालमेल गरेर चुनाव लडेको एमालेले यसपटक वाम गठबन्धनबाट चुनाव लडेको हो ।

वाम गठबन्धनबाट साझा उम्मेदवार भनिए पनि भक्तपुर–२ र त्यसअन्तर्गतका दुई प्रदेशसभामा एमालेकै उम्मेदवार थिए । यहा“ एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अत्यधिक बहुमतसाथ कांग्रेस उम्मेदवार दमनाथ ढुंगानलाई पराजित गरेका छन् ।

बस्नेतले १७ हजार ७ सय २५ मतान्तरले ढुंगानलाई पराजित गरेका हुन् । उनले ३६ हजार ४ सय १२ र कांग्रेसका ढुंगानाले १८ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, क्षेत्र–२ ‘क’ प्रदेशसभामा एमालेका शशीजंग थापा विजयी भएका छन् । उनले कांग्रेसका अंगत खड्कालाई १० हजार ४ सय मतान्तरले हराएका हुन् । थापा १९ हजार ५ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले ९ हजार १ सय १५ ल्याएका थिए ।

यसैगरी, ‘ख’ प्रदेशसभामा एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । उनले कांगे्रसका गणेशमान चक्रधरलाई २ हजार ६ सय ९१ मतान्तरले हराएका हुन् । श्रेष्ठ १४ हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी चक्रधरले ११ हजार ५ सय ३८ प्राप्त गरेका थिए । क्षेत्र–२ प्रतिनिधिसभामा रहेका १३ उम्मेदवारमध्ये तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीकी नेतृ अनुराधा थापा मगर छिन् । उनले ५ हजार ४ सय ७१ मत प्राप्त गरेकी छन् ।विवेकशील साझा पार्टीका शशीविक्रम कार्कीले १ हजार ७ सय ८४ मत प्राप्त गरेका थिए ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अुनसार मालेका बसन्तबहादुर खत्रीले ३ सय, नयाँ शक्ति पार्टीका राम खाइजूले १ सय २५, राष्ट्रिय जनमोर्चाका शिवहरि खनालले ६१, राष्ट्रिय जनमुक्ति पार्टीका दिलबहादुर तामाङले ५२, एकीकृत राप्रपाकी ताराकुमारी बास्कोटाले १ सय ४७, नेपाल दलित पार्टीका कमला बर्देवाले १५, स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद न्यौपानेले १३, धर्मराज थापाले २२ र सुरेन्द्र श्रेष्ठले २० मत प्राप्त गरेका छन् । उता, भक्तपुर–१ को भने मतगणना जारी छ । सो क्षेत्रअन्तर्गत दु्ई प्रदेशसभामा नेमकिपा र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ ।

ललितपुर प्रदेश ‘ख’मा सञ्जेल

राजधानी संवाददाता / चापागाउ“ (ललितपुर)

दक्षिण ललितपुर क्षेत्र–१ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फ एमाले उम्मेदवार चेतनाथ सञ्जेल विजयी भएका छन् । उनले १२ हजार ८ सय ६६ मत प्राप्त गर्दै कांग्रेसका मीनकृष्ण महर्जनलाई हराएका हुन् ।

महर्जनले ११ हजार ७ सय ४२ मत प्राप्त गरेका थिए । गोदावरी नगरपालिकाको चापागाउ“का बासिन्दा दुवैका लागि यही स्थानको मत महŒवपूर्ण रह्यो । यो जितसँगै वाम गठबन्धनले ललितपुरका तीनवटै प्रतिनिधि र ६ वटै प्रदेशसभामा जित हासिल गरेको छ । पा“च स्वतन्त्रसहित १३ उम्मेदवारले प्रतिस्पर्धा गरेको यो प्रदेशसभामा ३३ हजार ८६ मतदाता रहेकामा २५ हजार ५ सय ६७ मत खसेको थियो ।

यस क्षेत्रमा एकीकृत राप्रपा राष्ट्रवादीका कर्णबहादुर घिसिङले १ सय ३३ मत ल्याउनुबाहेक अन्यले सय मत पनि कटाउन सकेनन् । नेमकिपाले ६० मत ल्याउ“दा संघीय समाजवादी फोरमका अशोककुमार केसीले ४० मत ल्याए । इकुडोलमा जन्मेर चापागाउँमा बस्दै आएका सञ्जेल २०४० मा तत्कालीन माले सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका हुन् । उनले माले–एमाले एकीकरणपछि २०४७ देखि गाउँ, इलाका र क्षेत्रीय कमिटीमा बसेर काम गर्दै आएका छन् ।

प्रदेश ‘क’ मा लालकुमारी

प्रदेश ‘क’ मा वाम गठबन्धनकी लालकुमारी पुन विजयी भएकी छन् । उनी १३ हजार १ सय ८५ मतसहित निर्वाचित हुँदा कांग्रेसका ऋषिराम घिमिरेले १० हजार ५ सय ९१ मत प्राप्त गरेका थिए । दुई स्वतन्त्रसहित ८ उम्मेदवार रहेको यो प्रदेशमा कुल ३२ हजार ८ सय ३२ मतदातामध्ये २५ हजार ३ सय ६८ मत खसेको थियो ।

(Visited 20 times, 1 visits today)
Loading comments...