शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

काठमाडौं–२ लाई नमुना क्षेत्र बनाउ“छु : नेपाल

1 year ago
18/12/2017

राजधानी समाचारदाता / काठमाडौं

काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले जितेको क्षेत्रलाई ‘नमुना निर्वाचन क्षेत्र’ बनाउने प्रतिबद्धता जनाएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेता नेपालले निर्वाचनअघि मतदातासामु बोलेका कुरा पूरा गरेरै देखाउने विश्वाससमेत दिलाए । ‘यसमा तपाईंहरू विश्वस्त हुनुस्,’ उनले भने, ‘बोलेको कुरा गरेरै देखाउ“छु ।’

काठमाडौं महानगरपालिका–९ र ३२ वडा तथा कागेश्वरी मनोहरा–४ देखि ९ वडा र शंकरापुर नगरपालिकाको सबै वडा समेटिएको काठमाडौं–२ लाई ५÷६ वर्गमा विभाजित गरेर समस्या पहिचानसहित योजनाबद्ध रूपमा विकास गरिने नेता नेपालले उल्लेख गरे ।

‘म आफैं पनि यही क्षेत्रको बासिन्दा भएकाले स्थानीय बुद्धिजीवी, समाजसेवी, प्राविधिक र विज्ञका साथै विभिन्न विषयका ज्ञाता र सीप भएका अनुभवी समेटेर लैजानेछु,’ उनले भने, ‘यस क्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरण र विकासमा स्थानीय समस्या जानकार भएका उपभोक्ता समिति परिचालन गरी विकासमा प्रतिस्पर्धा गराइनेछ ।’ विकासका लागि आवश्यक बजेट व्यवस्था गरिदिएर स्थानीय उपभोक्ता समितिलाई परिचालन गरे, काठमाडौं– २ क्षेत्र अन्य निर्वाचन क्षेत्रभन्दा फरक र नमुना हुनेमा आफू विश्वस्त रहेको पनि उनले सुनाए ।

‘विभाजित क्लस्टरले राम्रो काम गर्छ, उसलाई प्रोत्साहन दिने हो भने पछाडि परेका अरूलाई पनि काम गर्न जाँगर थपिनेछ,’ नेता नेपालको विश्वास छ । ‘अबको समय विकास निर्माण र देश समृद्ध बनाउने हो,’ उनले भने, ‘यसका लागि अब काठमाडौं–२ बाट विकासका काम सुरु हुन्छ ।’

प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जनताको मतको उच्च कदर गर्ने बताउ“दै आफ्नो प्रदेश मात्रै नभई सिंगो काठमाडौं–२ को विकासका लागि हरदम तयार रहने बताए । ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेजका संस्थापक अध्यक्ष विश्वनाथप्रसाद शाहले नेता नेपाल र प्रदेशसभा सदस्यमा निर्वाचित श्रेष्ठलाई बधाई दिँदै सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा पूर्वकानुन तथा न्यायमन्त्री अग्निप्रसाद खरेल, महानगर–३२ का वडाध्यक्ष नवराज पराजुली, पतञ्जली योग समिति अञ्चल प्रभारी नरेन्द्र खतिवडा, ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुलका निर्देशक राजन सुवेदी, एकीकृत उपभोक्ता समिति सदस्य पदमनारायण श्रेष्ठलगायतले बोलेका थिए ।

(Visited 10 times, 1 visits today)
Loading comments...