बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

भक्तपुरमा एम्बुलेन्स व्यापक दुरुपयोग

2 years ago
19/12/2017

भक्तपुर / रासस– भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ ।  बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाह, भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ ।

पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आÏना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान बोक्न थालेपछि यसको चौतर्फी विरोध भएको हो ।

संघको चौथो वार्षिक साधारण सभामा एम्बुलेन्सको दुरुपयोग रोक्न आग्रह गरिएको छ । दुरुपयोग रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्ण बाग श्रेष्ठले बताए ।

केही संस्थाले एम्बुलेन्सको दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको बताउँदै उनले त्यसमा संस्था र चालकको संलग्नता एवं चालकको लापर्बाही रहेको पाइएपछि संघ सचेत  रहेको बताए ।

‘अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघसंस्थाका प्रमुख र चिकित्सकले एम्बुलेन्सको महŒवलाई नबुझेझैं गरी बिरामीका लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवतजावत गर्ने गरेको पाइन्छ,’ अध्यक्ष बुद्घकृष्णले भने, ‘यसो नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।’

संघ सचिव सीताराम खिउँजुले एम्बुलेन्स उपयोग सम्बन्धमा चालक जानकार हुनुपर्ने बताउँदै एम्बुलेन्स दुरुपयोग रोक्न सचेत गराएको बताए ।

समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताउँदै उनले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ संघले पहल गरिरहेको उल्लेख गरे ।

आगामी दिन चालकलाई क्षमता अभिवृद्घिका लागि तालिम सञ्चालन गर्ने बताउँदै सचिव खिउँजुले आकस्मिक सेवाका दमकल, शव बाहन, ट्राफिक प्रहरीसमेतको समन्वयमा सेवालाई प्रभावकारी, सहज र सरल बनाइने बताए ।

संघ कोषाध्यक्ष शैलेन छुंका बिरामीलाई यथासक्दो छिटो अस्पताल पु¥याउन ट्राफिक जाम र जथाभावी रूपमा गरिने सवारी पार्किङ समस्या भएको बताउँदै ट्राफिक व्यवस्थापनलाई सरल बनाउनुपर्नेमा जोड दिन्छन् ।

(Visited 46 times, 1 visits today)
Loading comments...