शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

सोमतीर्थ र सुपा देउराली–६

2 years ago
23/12/2017

सोमतीर्थ र सुपा देउराली–६

प्रा.डा. विष्णुराज आत्रेय

 

‘भैगो नि म आइहालें नि ।’ बृहस्पतिले हास्दै भने ।‘थालीमा सजाऊँ त भोजन ?’ प्रसन्न हुँदै सोधिन् ताराले ।‘हुन्छ, चाँडै गर ?’ भने बृहस्पतिले ।आज बल्ल पतिसँग यति भए पनि बोल्ने बात मार्ने अवसर पाएकी तारालाई बृहस्पतिलाई भन्दा हतार थियो । मनको भोक मेट्ने हतार † तनको भोक मेट्ने हतार †
सबैले खाएपछि नोकर्नीजस्तै एक्लै खाने गरेकी ताराले आज धेरैदिन पछि पतिसँग सँगै बसेर पत्नी जस्तै गरी भोजन गर्न पाएकी थिइन् नत्र भने उनी भान्से बाहुनी जस्तै हुन्थिन् घरकी । पहिले अरूलाई खुवाएर खानुपर्ने ।
भोजन र मुखारीपछि दुवै जनाले पलङमा बसेर एकछिन बात मारे । तारा बृहस्पतिका अंगपासमा कसिइन् । एकैछिन दुवैले त्यहीँ आराम गरे । आज धेरै दिनपछि पतिको सुखद सान्निध्य प्राप्त भएको थियो तारालाई । आज उनको मनमा खुसी अटाएको थिएन ।
एकाएक बृहस्पतिले महोत्सवमा इन्द्रले अह्राएको काम सम्झे । उनी पलङबाट ज¥याकजुरुक उठे । दराजबाट ताडपत्रमा लेखिएका पुराना केही कागजपत्र झिकेर पल्टाउन थाले ।

ईश्वरको लीला † यतिका दिनपछि आज ताराले धन्न पतिसँग छोटो सहवास पाइन् । तर यो केही समयको सहवासले उनी पूर्णकामा भने भइसकेकी थिइनन् । अतृप्तकामा थिइन् । अर्धकामा थिइन् । पूर्णभुक्ता भएकी थिइनन् । अर्धभुक्ता नै थिइन् उनी ।केही समयपछि फेरि एकाएक बाहिर रथ गुडेर अडिएको सोर सुनियो । तारा हत्तपत्त उठेर हेर्न गइन् । रथबाट शुभा र सोम ओर्ले । ताराले शुभाले नदेख्ने गरी सोमलाई आखाँ तरिन् । दुई प्रहर रात बितिसकेको थियो ।
‘यति चाँडै उत्सव सकियो ?’ सोधिन् ताराले ।‘कहाँ हुनु ? आचार्य हिँडिहाल्नुभयो । मलाई पनि त्यहाँ एक्लै बस्न मन लागेन । अनि म पनि हिँडे,’ उनले भनिन् ।‘पोई मसँग बस्ला † भन्ने डाहले भुतुक्कै भएकी थिइस् होली नि ? त्यसै भएर मुन्टिँदै आइस्,’ भित्रभित्रै भुन्भुनाइन् शुभा पनि ।
उता रथ फक्र्यो । यता सबैजना आआप्mना थान्कामान्कामा लागे ।रात निदाइसकेको थियो । तर, तारा बेचैन थिइन् । उनलाई आखाँमा नीद थिएन । खटपटी थियो मनमा र छटपटी थियो तनमा । आफ्नो कोठाका पलङमा घरि उठ्ने, घरि बस्ने त घरि यता र उता हिँड्न थालिन् उनी । के गरौं ? के गरौं ? भएको थियो उनलाई । आफंैसँग सोध्थिन् उनले यसको उत्तर । तर, जवाफ केही आउँदैनथ्यो ।
ताराले आफूलाई कत्ति पनि सम्हाल्न सकिनन् आज । केही रिस, केही इष्र्या, केही भोक, केही तिर्खा, यी आवेगको उर्लिंदो ज्वारभाटा बनेको थियो उनको शरीर । त्यसलाई पोख्ने बिसाउने पात्र, मात्र सोम आत्रेय हुन सक्ने लाग्यो उनलाई त्यसबेला ।

‘सोम…..?’उनले सोमलाई आफ्नो कोठामा बोलाइन् । सोमले भने उनले बोलाएको सुने पनि सुनेको नसुने झैं गरे ।‘सोम……..? ?….. ’तराले दोस्रोपल्ट बोलाइन् उनलाई ।‘हजुर †’सोमले मन नलागी नलागी यति मात्र भने । आज उनलाई ताराकासामु पर्ने मन थिएन ‘सोम……..??? यहाँ आऊ चाँडै । मैले बोलाएको सुनेनौ ?’ तारा तेस्रो पल्ट कड्किन् ।सोम उनीसामु आएर टाढै उभिए ।
ताराले उनलाई पलङ्को एक छेउमा बस्न भनिन् । सोमका पनि आँखा राताराता थिए । यिनले उत्सवमा सोमरस सेवन गरेको लख काट्न तारालाई गाह्रो थिएन ।
‘धोकेर आइयो होइन उत्सवमा सोमरस बेसरी ?’ उनले सोधिन् ।‘के गरौं † म खान्नँ, कहिल्यै पनि खाएको छैन भनेर कति नै भने । तिनीहरूले मान्दै मानेनन् । जबर्जस्ती खुवाए,’ मुन्टो निहुराउँदै बिस्तारै उनले भने ।‘कसले खुवायो जबर्जस्ती ?’ झपारिन् ताराले ।‘तिनै त्यहाँ आएका नृत्यांगनाहरूले ।’
‘मैले त भन्दै थिएँ नि ती रक्सीले मात्तिएका बेसुल्लीहरूले तिमीलाई आफ्ना टाङमुनि पनि छिराउँछन् भनेर । तिनीहरूले तिमीलाई कोचाए, तिमीले तिनलाई कोचायौ होइन ?’ केही मात्तिँदै पात्तिँदै भनिन् ताराले ।
‘केके गरे तिनीहरूले तिमीलाई ? मलाई सबैकुरा एक एक गरी नढाटीकन भन । नत्र भोलिबिहानै मैले यस घरबाट लखेट्छु,’ ताराले भनिन् ।बिचरा, सोमले महोत्सवका सबै घटना तृणभर नबिराई जस्ताको तस्तै भने । त्यो सबै सुनिसकेपछि तारालाई सहिसक्नु र खपिसक्नु भएन ।‘गरिस् ठूलो काम मनुवा ?’ ताराले भुइँमा थुकिन् ।

केही समयपछि फेरि एकाएक बाहिर रथ गुडेर अडिएको स्वर सुनियो । तारा हत्तपत्त उठेर हेर्न गइन् । रथबाट शुभा र सोम ओर्ले । ताराले शुभाले नदेख्ने गरी सोमलाई आँखा तरिन् । दुई प्रहर रात बितिसकेको थियो 

महोत्सवमा स्वर्वेश्या युवतीहरूद्वारा सोम बलात्कृत भएको थाहा पाएपछि ताराभित्रको ईष्र्याले सीमा नाघ्यो । यो रिस उनले यिनै सोममाथि पोखिन् । उनलाई खपिसक्नुभएन । अनि त उनले एकपल्ट बेसरी सोमको गाला चड्याम्म चडकाइन् ।
‘तँलाई बदमस ? तँ यही गर्न गएको थिइस् महोत्सवमा । यही पढिस् तैंले देवलोकमा आएर । ब्रह्मा बूढाले थाहा पाए भने के भन्लान् †’बृहस्पतिको क्षणिक सान्निध्य मात्र पाएकी अतृप्तकामा र अपूर्णकामा तारा नभरिएको गाग्री जस्तै छचल्किन्थिन् । उनी यता जान्थिन् कहिले त कहिले उता । पतिबाट प्राप्त सहवासको क्षण उनलाई मात्र जिस्काए, उक्साएको जस्तो भएको थियो, कोट्याएको जस्तो मात्र । हात्तीको मुखमा जिरा ?
रतिलालसाले उनलाई अझै पनि कुत्कुत्याइरहेको थियो । उनी भोकी र अतृप्त बघिनी जस्तै भएकी थिइन् आज । सिंहिनीजस्तै बहरका अगाडि । ताराका सामुन्ने बहर गोरुजस्तै थिए सोम । आज उनी तिनैलाई झम्टिन चाहन्थिन् । आफ्नो मनो भोकको मनभोग बनाउन चाहन्थिन् उनलाई । अंगपाशमा कक्रक्याउन चाहन्थिन् बेसरी । रिस र ईष्र्याका आवेशमा कसले वेद पढ्छ र †ताराले आफना हृदयमा सोमलाई कहिल्यै ननिस्कने नछुट्टिने गरी उहिल्यै बसालिसकेकी थिइन् । सोम पनि रहँदा बस्दा तारासँग टाटाढै हुन खोज्दा पनि थाहै नपाई बिस्तारै उनीप्रति आकृष्ट हुन थालेका थिए । दुवै जना एक आपसमा गहिरिँदै थिए, रहरिँदै थिए । एउटी ज्ञात रूपमा अर्का अज्ञात रूपमा ।

‘ब्रह्मचर्य व्रत त तोडिहालिस् नि आफंैले आज तँ मनुवाले । यस भोगलोकमा तँलाई पनि मैले किन छोड्छु र आज,’ मनमनै भनिन् उनले ।यस्ता बेलामा कसले वेद घोक्छ र ? धोक्नुसम्म सुरा धोकेकी थिइन् ताराले पनि आज । नशा चढेका थिए ताराका नशा नशाहरूमा । वसा पग्लिएझैं पग्लिएकी थिइन् उनी आफ्नै रापमा । उद्दिप्त कामरागमा रंगिएर रातापिरा हुँदै गइरहेका थिए, रगत थोप्लिन खोजे जस्ता तिनका दुवै आँखा ।‘उत्सवमा ती बेसुल्लीहरूले तँलाई नंग्याइहाले । अहिले मै नंग्याउँछु, खोस्ट्याउँछु, मकैका घेगा खोस्ट्याएझैं तँलाई ? न तँ मेरो छोरो होस् न त दाजुभाइ † किन छोड्छु आज म तँलाई,’ उनले भनिन् ।

(Visited 6 times, 1 visits today)
Loading comments...