शुक्रवार ८ चैत्र, २०७५ (Friday, 22nd March 2019)
८ चैत्र, २०७५ (22 March 2019)

शैक्षिक सुधारका लागि दरबन्दी र भौतिक पूर्वाधारमा जोड

1 year ago
03/01/2018

कमल शर्मा / दैलेख

जिल्लामा शिक्षाको गुण्स्तरमा सोचे जस्तो नतिजा आउन नसकेको भन्दै शैक्षिक सुधारका लागि शिक्षक दरबन्दी र भौतिक पूर्वाधारमा जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय दैलेखको आयोजनामा दैलेखका ११ वटै स्थानीय तहका प्रमुखहरूलाई राखेर गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले जिल्लाको शैक्षिक सुधारमा लागि विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको व्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालयले स्थानीय तहका प्रमुखसँग नगरपालिका तथा गाउँपालिकामा रहेका विद्यालयको अवस्था, विद्यालयका शिक्षकको दरबन्दी, राहत शिक्षकको दरबन्दी, स्थायी र अस्थायी शिक्षकको दरबन्दीको अवस्थाबारे स्थानीय तहका प्रमुखहरूलाई जानकारी गराइएको थियो । जिल्लामा आवश्यक मात्रामा दरबन्दी नहुँदा साबिकका गाविस र नगरपालिकाबाट योजना निर्माण गरी तलब खुवाउनुपर्ने बाध्यता कायमै रहेको भन्दै त्यसको अन्त्यका लागि आवश्यक दरबन्दी हुनुपर्ने बताएका छन् ।

वडा कार्यालयबाट योजना निर्माण गरी तलब खुवाउदा शिक्षकलाई समयमै र राज्यले दिने जति तलब खुवाउन नसकिने र विद्यायका विद्यालर्थीले राम्रोसँग पढ्न नसक्ने गाउँपालिकाका अध्यक्षले बताएका छन् । जिल्लामा माद्यामिक तह , निमावि तह र प्रावि तह गरी जम्मा ४९१ सामुदायिक र ४४ संस्थागत विद्यालय छन ।

जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीका अनुसार प्रावि तहको स्वीकृत दरबन्दी ८४१, राहत ४१३ र ४ जना परियोजनाका गरी एक हजार २५८ जना शिक्षकले अध्यापन गराए पनि २ सय दरबन्दी अपुग भएको बताए ।

उनले निमावि तहमा १ सय ८ दरबन्दी स्वीकृत दरबन्दी, राहत २ सय १, प्राविधिक ४ जना गरी जम्मा ३ सय ९ जना शिक्षक कार्यरत रहे पनि जिल्लाका ५६ विद्यालयमा एउटा पनि दरबन्दी नभएको र त्यसका लागि १ सय ६८ दरबन्दी आवश्यक छ । उनका अनुसार २३ विद्यालय दरबन्दीविहीन छन् । त्यसैगरी जिल्लाका २३ वटा मावि दरबन्दीविहीन भएको र सो तहका लागि १ सय १५ दरबन्दी आवश्यक भएको बताए । उमाविमा स्वीकृत दरबन्दी २८, राहत ५६ र ६ वटा प्राविधिक भए पनि ९० दरबन्दी आवश्यक रहेको बताए ।

 

(Visited 2 times, 1 visits today)
Loading comments...