आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

आज निर्वाचन चिह्न प्रदान गरिँदै

1 year ago
29/01/2018

काठमाडौं / रास– आगामी २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार उम्मेदवारलाई चिह्न प्रदान गरि“दै छ । निर्वाचन आयोगको निर्धारित कार्यतालिकाअनुसार उम्मेदवारलाई चिह्न प्रदान गरिन लागिएको हो ।

आयोगले सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ । दिउँसो ३ देखि ४ बजेबीच नामावली प्रकाशन गरिनेछ भने ४ देखि ५ बजेसम्ममा चिह्न प्रदान गरिनेछ ।

निर्वाचनमा मनोनयन दर्ता गरेकालाई सोमबार दिउ“सो १ देखि २ बजे उम्मेदवारी फिर्ता लिन समय दिइएको छ । आयोग प्रवक्ता नवराज ढकालका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली प्रकाशन र लगत्तै निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रिय सभामा कुल ५६ निर्वाचित हुने व्यवस्था छ । आयोगले सातै प्रदेशमा निर्वाचन तयारी गरिरहेको छ ।

उम्मेदवारी फिर्तादेखि नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान कार्यक्रम सम्बन्धित प्रदेशमा स्थापना गरिएको आयोग कार्यालयबाटै हुने ढकालले जानकारी दिए ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...