मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

तीन जन्ममिति भुलवश : केसी

2 years ago
22/02/2018

राजधानी समाचारदाता / काठमाडौं

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले प्राविधिक त्रुटिका कारण आफ्नो जन्ममिति तीनखाले देखिएको प्रस्टिकरण दिएका छन् ।

प्रधानन्यायधीश गोपाल पराजुलीलाई नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दि“दै उनले आफ्नो जन्ममितिमा त्रुटिका कारण तीनवटा बेग्लाबेग्लै मिति देखिएको प्रस्टीकरण दिएका हुन् ।अदालतको अवहेलना  मुद्दा  खेपिरहेका केसीले बुधबार

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै पराजुलीलाई चुनौती दिएका हुन् । आफूमाथि केही दिनअघिदेखि नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि नै प्रश्न चिह्न उठ्न थालेपछि केसीले बुधबार पत्रकार सम्मेलन गरेका हुन् । आफ्नो नागरिकताको प्रमाणपत्रमा जन्ममिति २७ असोज २०१३ मा भएको र त्यही नै आधिकारिक जन्ममिति भएको उल्लेख गर्दै प्राविधिक त्रुटिका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा भने २४ माघ २०१३ भएको

प्रस्ट पारे । दुई प्रमाणपत्रमा उल्लेख भएको फरक जन्ममितिका कारण जागिरमा ‘कुनै समस्या आए जुनसुकै समय पनि राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गर्न तयार रहेको’ प्रस्ट पारे । ‘एसएलसीको चारित्रिकबाहेक सबै प्रमाणपत्रमा मेरो जन्ममिति २०१३ साल असोज २७ गते नै छ,’ केसीले भने, ‘बढुवा हुन, जागिर लम्ब्याउने र कुनै लाभ लिने नियत राखेको भए एसएलसीको चारित्रिक प्रमाणपत्रमा उल्लेख भएअनुसार २४ माघ २०१३ को आधारमा नागरिकता र अन्य प्रमाणपत्र मिलाउने तर मलाई त्यसो गर्नुछैन ।’ पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा धेरै विवाद र त्रुटि उल्लेख गर्दै केसीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा छानबिनमात्रै नभई सत्यतथ्य जनतासामु ल्याउनुपर्ने मागसमेत गरे ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...