आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

राष्ट्रपतिविरुद्ध तरुण दल सडकमा

1 year ago
22/02/2018

काठमाडौं / रास– कांग्रेस भ्रातृ संगठन तरुण दलले राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोल थालेको छ । राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य मनोनित गर्दा पक्षपात गरेको आरोप लगाउ“दै तरुण दलले सडक आन्दोलन थालेको हो ।

राष्ट्रिय सभाका लागि मनोनित गर्नुपर्ने तीन सदस्यमा संविधानअनुसार शेरबहादुर देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरेको बताउ“दै उसले केपी ओली सरकारले गरेको सिफारिस स्वीकृत गरेर राष्ट्रपतिले सरकारैपिच्छे फरक व्यवहार गरेको आरोप पनि लगाएको छ ।

कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस बेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको भन्दै सडकमा आन्दोलन उत्रिएको तरुण दल अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए । ‘राष्ट्रपतिबाट दलीय आस्थाका आधारमा अघिल्लो सरकारको सिफारिस उल्ट्याउने काम भयो, घटनामा राष्ट्रपतिबाटै संवैधानिक उल्लंघन भएको छ,’ उनले भने, ‘असंवैधानिक निर्णय तुरुन्त नसच्याइए आन्दोलन चर्काउन बाध्य हुनेछौं ।’

(Visited 5 times, 1 visits today)
Loading comments...