बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी नियुक्त

3 years ago
22/09/2016

phpkamini
राजधानी समाचारदाता
काठमाडौं, ६ असोज

सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारीलाई महाप्रवन्धक नियुक्त गरेको हो ।

सचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले नेपाल टेलिकमका प्रवन्धक सुनिल पोखरेल, नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक मदन खरेल र राजभण्डारीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका यी तीनमध्येबाट राजभण्डारीलाई मन्त्रिपरिषद बैठकले छनौट गरेको हो ।

टेलिकम प्रवन्ध निर्देशकका लागि शुरुमा १३ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट पहिलो चरणमा ६ जनाको नाम छनौट सूचीमा र त्यसमध्येबाट पनि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पेश गरिएको थियो ।

(Visited 2 times, 1 visits today)
Loading comments...