शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

‘अनुकूल नभएका ऐन कानुन संशोधन हुन्छन्’

1 year ago
03/03/2018

राजधानी समाचारदाता / काठमाडौं

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनासम्म कुल ६९ अर्ब ३३ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरअन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् ४४ अर्ब ५ करोड रुपैयाँ र सोझै खरिद बोलकबोलमार्फत २५ अर्ब २८ करोड रुपैयाँ गरी सो तरलता प्रवाह गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा १५ अर्ब ४० करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । केही समय यता बैंकिङ प्रणालीमा लगातार तरलता (लगानी योग्य पँुजी) को अभाव भैरहेको छ । सोही तरलताको अभाव पूर्ति गर्न राष्ट्र बैंकले पटकपटक गरी सो तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘तरलता समस्या समाधान गर्न राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता पठाइरहेको छ ।’ शुक्रबार मात्रै राष्ट्र बैंकले ५ अर्ब रुपैयाँबराबरको टे«जरी बिलको सोझै खरिद बिक्रीमार्फत बजारमा तरलता पठाएको छ ।

त्यसैगरी, चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले २३ अर्ब ५८ करोड रुपैयाँबराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९८ करोड रुपैयाँबराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । त्यसैगरी, राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनासम्ममा १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणहरू प्रयोग गरी सो तरलता प्रशोचन गरेको हो । राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४२ अर्ब ३५ करोड रुपैयाँ, ब्याजदर करिडोरअन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्पmत २ अर्ब १० करोड रुपैयाँ र रिभर्स रिपोमार्पmत ८४ अर्ब ७५ करोड रुपैयाँबराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

त्यसैगरी, चालू आर्थिक वर्षको ६ महिनासम्ममा विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी १ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद गरी २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह गरेको थियो । त्यसैगरी, यस अवधिमा अमेरिकी डलर २ अर्ब २० करोड र युरो ४ करोड बिक्री गरी २३१ अर्ब ६४ करोडबराबरको भारु खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ९८ र युरो ९ करोड ५० लाख बिक्री गरी २ खर्ब २४ अर्ब ३० करोडबराबरको भारु खरिद भएको थियो ।

(Visited 7 times, 1 visits today)
Loading comments...