शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

टीएनको सांगीतिक मर्यादा

2 years ago
24/09/2016

14409545_1704234673232985_328959867505474660_o

काठमाडौं÷रास– गीतकार टीएन रेग्मी तथा संगीतकार प्रकाश नेपालीको एकल गीतसंगीत रहेको गीतिसंग्रह ‘मर्यादा’को शुक्रबार राजधानीमा एक समारोहबीच गीतकार डा. कृष्णहरि बराल र संगीतकार राजु सिंहलगायतले विमोचन गरे ।

संग्रहका गीतबारे समीक्षा गर्दै डा. बरालले नेपाली संगीत क्षेत्रमा आशालाग्दो गीतकारका रूपमा टीएन रेग्मी भित्रिएको बताए । उनका गीतमा कलाकारले आफ्नो स्वरबाट न्याय गरेका उनको भनाइ थियो । यस्तै, संगीतकार सिंहले सो गीतिसंग्रहको संगीतको समीक्षा गर्दै गीतसंगीत कर्णप्रिय बनेको बताए ।

नवोदित गीतकार रेग्मीले नेपाली गीतसंगीतमा लगानी गर्दा कत्ति पनि प्रतिफल नआउने जानकारी हुँदाहुँदै कृतिका रूपमा ल्याउन यो संग्रह निकालेको बताए । आफूले यो गीतिसंग्रह निकाल्ने क्रममा भोगेका समस्या पनि उनले सुनाए ।

यो गीतिसंग्रहलाई बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो । बिन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले नेपाली गीतसंगीतबाट राम्रो कमाइ हुने भए पनि आधिकारिक स्रष्टाले रोयल्टी नपाउँदा र सीमित व्यक्तिको कब्जामा रोयल्टी रहेकाले टीएनजस्ता स्रष्टाहरू पीडित बन्नुपरेको बताए ।

यो गीतिसंग्रहमा ६ ओटा गीत छन् । जसमा माया नेपाली…, थाहै हुन्न…, आँधीखोला सोल्टीज्यू…, यादै नआए तिम्रो…, माया मैले तिमीलाई…बोलका गीत छन् । यी गीतमा शिव परियार, रिमा गुरुङ, जुनू रिजाल, मदन सेन्चुरी, विश्व नेपाली र सुमिना लोको स्वर रहेको छ ।

(Visited 1 times, 1 visits today)